सुबा ग्रुप अफ होटल्सले आधिकारिक रूपमा आफ्नो नयाँ सम्पत्ति क्ल्यारियन होटल डे रेनीज गान्तोकको उद्घाटन गरेको छ। यसले पूर्वोत्तर भारतमा ब्राण्डको विस्तारमा महत्त्वपूर्ण उपलब्धिको सङ्केत गर्दछ। सिक्किम राज्यका पर्यटन, नागरिक उड्डयन, वाणिज्य र उद्योग मन्त्री श्री छिरिङ थेण्डुप भूटियाले होटलको उद्घाटन गरेका हुन्। यो होटल रणनीतिक रूपमा लोअर सिचेमा अवस्थित छ जसले गान्तोकको मुटुमा निर्बाध पहुँच प्रदान गर्न सक्नेछ। क्ल्यारियन होटल डे रेनीजको आरम्भले भारतको प्रिमियम आतिथ्य क्षेत्रमा सुबा होटल्सको बढ्दो उपस्थितिलाई थप बलियो बनाएको छ। 38 उच्च स्तरीय कोठाहरूसहित यस होटलले सुन्दर सजावट र अत्याधुनिक सुविधाहरूको संयोजनमार्फत व्यावसायिक तथा घुमफिर गर्ने अतिथिहरूलाई सेवा प्रदान गर्दछ। अतिथिहरूले सिनामन नामक बहु-भोजन रेष्टुरेण्टदेखि स्टाइलिश लाउञ्ज टिप्सी टाइगरसम्म विभिन्न प्रकारका खानपानहरूको अनुभवहरू उपभोग गर्न सक्नेछन्। त्यससितै सुन्दर हिमालयका दृश्यहरू देखिने रूफटप रेष्टुरेण्ट, पूर्ण सेवासहितको अन्तर्राष्ट्रिय स्पा, आधुनिक जिमनेजियम र इण्डोर स्विमिङ पुल समेत उपलब्ध छन्। होटलमा उच्च स्तरीय भोजन र बैठक सुविधाहरूसमेत छन् जसले कर्पोरेट कार्यक्रमदेखि सामाजिक समारोहसम्म आयोजना गर्न मिल्ने व्यवस्था गरिएको छ। यसले सुबा होटल्सको कार्यात्मकता र विलासिताबीचको सन्तुलनलाई प्रतिविम्बित गर्छ।
“यस उद्घाटनले प्रमुख स्थानहरूमा प्रिमियम आतिथ्य सेवा पुर्यागउने हाम्रो निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ। क्ल्यारियन होटल डे रेनीज गान्तोक फुर्सद अनि व्यावसायिक दुवै किसिमका यात्रीहरूको विकासशील आवश्यकताहरू पूरा गर्न तथा सिक्किमको पर्यटन पारिस्थितिकी तन्त्रमा योगदान पुर्याहउन तयार छ,” सुबा होटल्स लिमिटेडका चेयरम्यान मन्सुर मेहताले भने। क्ल्यारियन होटल डे रेनीज विश्वस्तरमा सम्मानित चोइस होटल्स इण्टरनेशनलअन्तर्गत सञ्चालनमा आएको हो। 40 देशहरूमा 7000 भन्दा अधिक होटलहरू भएको चोइस होटल्सले उत्कृष्टताको परम्परा बोकेको छ जुन सुबा होटल्सको वृद्धि र गुणस्तरीय सेवा दृष्टिकोणसँग मेल खान्छ। भारतमा सुबा होटल्सले हाल क्ल्यारियन, कम्फोर्ट र क्वालिटी इन ब्राण्डहरूसहित 52 वटा चोइस-ब्राण्डेड सम्पत्तिहरू सञ्चालन गरिरहेको छ। “चोइस होटल्ससितको हाम्रो सहकार्यले हाम्रो सम्पूर्ण पोर्टफोलियोमा अतिथि अनुभवलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। क्ल्यारियन होटल डे रेनीज गान्तोक हाम्रो मिशनमा अर्को महत्त्वपूर्ण पाइला हो जसमा अन्तर्राष्ट्रिय आतिथ्य मापदण्डहरूलाई स्थानीय आत्मीयतासित मिश्रण गरिएको छ,” सुबा होटल्स लिमिटेडका सीईओ मुबिन मेहताले भने।
70 स्थानहरूमा 125 भन्दा अधिक होटलहरू र 5906 कोठाको मोठ सूची भएको सुबा होटल्स लिमिटेडले भारतीय आतिथ्य क्षेत्रमा अग्रणी स्थान सुरक्षित गरेको छ। कम्पनीले नवप्रवर्तन र अतिथि-केन्द्रित सेवामार्फत लगातार नयाँ सीमा नाघिरहेको छ। होटलको डिजाइन र सञ्चालनमा दिगोपनलाई समेत मुख्य प्राथमिकता दिइएको छ। ऊर्जा-दक्ष प्रणालीहरू, फोहोर व्यवस्थापन प्रोटोकलहरू र वातावरण मैत्री स्रोतहरूमार्फत क्ल्यारियन होटल डे रेनीज गान्तोकले सुबा होटल्सको जिम्मावार पर्यटनप्रतिको समर्पण झल्काउँछ। “दिगोपन केवल एउटा सुविधा होइन, यो हाम्रो आधार हो। हामी वर्तमान यात्रीहरूको मूल्यहरूसित मेल खाने विलासी र जिम्मावार अनुभव सिर्जना गर्न चाहन्छौँ,” सुबा ग्रुप अफ होटल्सका अपरेसन्सका जीएम के. मनीषले भने। रणनीतिक स्थान, विचारशील डिजाइन र भविष्यमुखी विचारसित क्ल्यारियन होटल डे रेनीज गान्तोक सिक्किमको आतिथ्य क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै प्रिमियम बसोवासको परिभाषा पुनर्निर्धारण गर्न तयार छ।
वेबसाइट: https://www.subahotels.com/