जलपाईगुडी शहरमा पुगेपछि भव्य स्वागत गरिएको राज्यस्तरीय यू-१९ महिला फुटबल

प्रतियोगितामा जलपाईगुडी टोली च्याम्पियन बनेको छ। कुचबिहार जिल्लामा राज्य स्तर अन्डर-१९ महिला फुटबल टिम च्याम्पियनसिप आयोजना गरिएको थियो। यस अन्डर-१९ प्रतियोगितामा जलपाईगुडी महिला टोली च्याम्पियन बनेको थियो vछ।

च्याम्पियनशिप टोली आज ट्रफी सहित जलपाईगुडी रोड स्टेशनमा पुग्दा जलपाईगुडी जिल्लाका खेलकुद प्रेमीहरूले भव्य स्वागत गरे। कुचबिहारमा राज्य स्तरमा यू-१९ महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो।

जलपाईगुडी टोलीको फाइनल खेल पुरुलियासँग भएको थियो, जसमा जलपाईगुडी महिला टोलीले पुरुलियालाई २-१ ले पराजित गर्दै च्याम्पियनशिप जितेको थियो।