वन विभागबाट एनओसी प्राप्त भएपछि शुरू हुने

केन्द्र सरकारले सेभोकको कोरोसेशन ब्रिजको विकल्प पुल बनाउने निणर्य लिएको छ । उक्त विषयमा जलपाइगढीका सांसद जयन्त रोयले भने, फिजिबिलिटी पुल अध्ययन निर्माणको अनि डिटेल्ड प्रोजेक्ट रिपोर्ट सिद्धिसकेको छ, वन विभागबाट नो अब्जेक्सन सर्टिफिकेट प्राप्त भएपछि पुल निर्माण कार्य शुरू हुनेछ । तिनले उक्त पुल १८ देखि २४ महीनाभित्र निर्माण भइसक्ने पनि बताए ।

यो समयको माग हो, मालबजारदेखि गान्तोकसम्मको नयाँ सड़क ओदलाबारीबाट निर्माण भयो, अब यो दोस्रो पुलले क्षेत्रको पूर्वाधारहरूमा वृद्धि ल्याउने छ, ओदलाबारी साइन्स एण्ड नेचर- का सुजित दासले भने । उल्लेखनीय छ, केन्द्र सरकारले १ हजार करोड़ रुपियाँ टिस्टामाथि दोस्रो पुल निर्माण गर्नका लागि आवण्टन गरेको छ, जुन पुल सेभोकमा निर्माण हुने बताइएको छ । उक्त पुल १.३ किलो मिटरको रहनेछ । यो पुल हाल रेलको पुलको समानान्तर रूपमा निर्माण गरिने छ ।

उक्त पुल कोरोनेशन ब्रिज (बाघ पुल) को वैकल्पिक पुल हुनेछ । कोरोनेशन ब्रिज दशक अघि निर्माण भएको हो हाल कोरोनेशन ब्रिजको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गइरहेको छ। यस्तो अवस्थामा कोरोनेशन ब्रिजको वैकल्पिक पुल निर्माण हुने कुराले यो मार्ग भएर यात्रा गर्ने यात्रीहरूमा खुशीको लहर छाएको छ। चालक महेश शर्माले भने, कालेबुङका यात्रीहरू लिएर डुवर्स क्षेत्र जाँदा कोरोनेशन ब्रिज भएर यात्रा गर्दा पुलको अवस्था देख्दा धेरै डराउँछन् । हुन पनि ब्रिटिश कालमा निर्माण भएको हो यो पुल, धेरै ओजन भएका वाहनहरू यस पुलबाट गुड्न मनाही पनि गरिएको छ। कोरोनेशन ब्रिजको वैकल्पिक पुल निर्माण हुन गइरहेको कुरा सुनेर धेरै खुशी लाग्यो कारण कोरोनेशन ब्रिजको अवस्था देख्दा यो पुलको आयु अब धेरै छैन जस्तो देखिन्छ, प्रतिवर्षे दयनीय बन्दै गइरहेको छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *