मालबजार नगरपालिकामा नवान्नबाट अचानक विशेष अडिट टोलीको आगमनले राजनैतिक वृत्तदेखि सर्वसाधारणसम्म चासो र चर्चा सिर्जना भएको छ। सोमवार बिहानै उक्त अडिट टोली नगरपालिकामा पुगेर नगर प्रशासनका विभिन्न विभागका कागजातहरू परीक्षण गर्न थालेको हो।
विशेष सूत्रअनुसार नगरपालिकामा वित्तीय अनियमितता र विकास कार्यमा पारदर्शिता नहुँदा सम्बन्धित कैयन् उजुरी हालै राज्य सरकारसमक्ष पुगेको थियो। त्यसैले नवान्नबाट उच्च स्तरीय यो विशेष अडिट टोली पठाइएको अनुमान गरिएको छ।
यस घटनाले राजनैतिक वृत्तमा पनि विभिन्न अड़कलबाजी आरम्भ भएको छ। सूत्रअनुसार यस विशेष अडिटमार्फत नगरपालिकाको आर्थिक लेखाजोखा, विकास योजनाहरू, विनियोजित रकमको प्रयोग साथै कर्मचारी भर्ना सम्बन्धी विषयहरू सूक्ष्म रूपमा जाँच गरिएको छ।
मालबजार नगरपालिकामा नवान्नबाट विशेष अडिट टोली
