पुष्पा स्टाइलमैं रक्तचन्दनको तस्करी

साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा का संवाददेखि लिएर गीतहरू अहिले पनि ट्रेन्डिङमा छन् । मानिसहरू धेरैले नक्कल गरिरहेका पनि छन् । चलचित्र ‘पुष्पा’ गत वर्षको दिसम्बरमा रिलिज भएको थियो । यो चलचित्रलाई दर्शकले धेरै मनपराएका छन्यो फिल्मबाट प्रेरित एक व्यक्तिले रक्तचन्दन तस्करी गर्न गएका थिए, तर पुलिसले भने उनलाई समात्यो । पुलिसले रक्तचन्दन तस्करी गर्न खोज्ने यासिन इनायथुल्ला नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । मायासीन इनायथुल्ला कर्नाटक आन्ध्र सीमानाबाट महाराष्ट्रतर्फ जाँदै गर्दा रक्तचन्दन तस्करी गर्न खोजिरहेका थिए तर सीमा पार गर्ने बित्तिकै महाराष्ट्र पुलिसले पक्राउ गरेको थियो ।

पुलिसले उनलाई महाराष्ट्रको सांगली जिल्लाको मेराज नगरको गान्धी चोकबाट पक्राउ गरेको हो । पुलिसले यासिन इनायथुल्लालाई १० लाखको ट्रक र २ फरवरी करोड ४५ लाख मूल्य बराबरको चन्दनको काठसहित पक्राउ गरेको छ । सांगलीका पुलिस उपरीक्षक दीक्षित गेडामले सो जानकारी दिएका छन्। गोप्य सूचनाका आधारमा वन अधिकारीसँग संयुक्त अभियान चलाएर जकात नाकामा छापा मारिएको उनले बताए ।

उनले अवैध चन्दन ओसारपसारको सूचना पुलिसलाई प्राप्त भएको बताए । फिल्म ‘पुष्पा’ बाट प्रेरित भएर यासिन इनायातुल्लाले रक्तचन्दन तस्करी गर्न खोजेका थिए। उनले पहिले ट्रकमा रक्तचन्दन राखे र त्यसपछि फलफूल र तरकारीका बक्सहरू राखे । उनले रक्तचन्दन बोकेको ट्रकमा कोभिड १९ अत्यावश्यक सामग्रीको स्टिकर टाँसेका थिए अहिले पुलिसले उक्त सञ्जाल पत्ता लगाउन अनुसन्धान गरिरहेको छ । अहिले यो खबर बाहिर आएपछि उनको तस्वीर पुष्पा’सँग जोडेर सामाजिक सञ्जालमा शेयर गरेर मानिसहरूले रमाइलो गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *