छत्तीसगढ र तेलंगानाको सीमामा प्रहरी कारबाहीमा ६ माओवादी मारिए

भारतको छत्तीसगढ र तेलंगानाको सीमामा दुई राज्यको संयुक्त अभियानका क्रममा ६ माओवादी मारिएका छन्। भारतीय प्रहरीका अनुसार यस इलाकामा अहिले पनि कारबाही जारी छ र प्रहरीले मृतकको संख्या बढ्ने आशंका जनाएको छ। तर, मारिएकाहरु माओवादी हुन् या होइन् भन्ने यसको स्वतन्त्र रूपमा पुष्टि भएको छैन। बस्तर रेन्जका  प्रहरी आईजी  सुन्दरराज  पीले भने, 'तेलंगानाको ग्रे-हाउण्ड दस्ताका साथ मिलेर छत्तीसगढको  डिस्ट्रिक्ट रिजर्व प्रहरी  र सीआरपीएफले माओवादी विरुद्ध विशेष अप्रेशन  चलाएको थियो। यसक क्रममा सोमबार भएको भिडन्तमा ठूलो संख्यामा माओवादी  मारिएका र  घाइते भएका छन्।' 
 प्रहरीका अनुसार छत्तीसगढको सुकमा  जिल्लाको किस्ताराम क्षेत्रमा ४०-५० जना माओवादी उपस्थितको सूचना पाइएपछि   एक दिन पहलाबाट संयुक्त अप्रेसनको योजना बनाइएको थियो। 
By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *