सोमवार बिहानदेखि विभिन्न ग्राम पञ्चायत क्षेत्रबाट आएका मानिसहरू सुनुवाइमा सहभागी हुन राजगञ्ज बीडीओ कार्यालय परिसरमा भेला हुँदा लामो लाइन र अत्यधिक भीड़ लागेको देखियो। सूत्रअनुसार एसआईआर सूचीमा रहेका त्रुटि सच्याउने, मतदाता सूचीबाट नाम हटाइएको विषय, ठेगाना सुधार तथा पारिवारिक विवरणमा देखिएका असमानता सम्बन्धी समस्याहरू समाधान गर्न मतदाताहरू सुनुवाइमा उपस्थित भएका थिए। धेरैजसो मतदाताहरू बिहानैदेखि लाइनमा उभिन बाध्य हुँदा असुविधा भएको देखियो।
धेरै मतदाताहरूले सुनुवाइ केन्द्रमा पुगे पनि प्रशासनले माग गरेको सबै कागजात आफूहरूसित नभएको गुनासो गरे। कतिपयले आफूले कहिल्यै विद्यालय अध्ययन नगरेको हुँदा विद्यालय प्रमाण-पत्र नभएको बताए भने अरूले घरमै जन्म भएको कारण जन्मदर्ता प्रमाणपत्र प्राप्त गर्न नसकेको बताए। धेरैले आफूहरू आसामबाट बसाई सरेर आएको र अभिभावकहरू धेरै पहिले नै बितिसकेकाले आवश्यक कागजात जुटाउन कठिन भएको पनि बताए।
राजगञ्ज विधानसभा क्षेत्रका 5404 मतदाता र फूलबारी विधानसभा क्षेत्रका 32659 मतदाता एसआईआर सुनुवाइ प्रक्रियाको दायरामा रहेका संयुक्त बीडीओ सौरव कान्ती मण्डलले जानकारी दिएका छन्। तिनले चुनाउ आयोगको निर्देशनअनुसार प्रक्रिया सञ्चालन भइरहेको स्पष्ट पार्दै 13 प्रकारका मान्य कागजात तोकिएको र मतदातालाई सहयोग गर्न हेल्प डेस्कहरू पनि स्थापना गरिएको जानकारी दिए।
राजगञ्जमा एसआईआर सुनुवाइ आरम्भ
