स्वर्ण पदक जित्ने सिन्धुको सपना सपना अधुरै

भारतकी स्टार ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धुको टोक्यो ओलम्पिक खेलहरूमा स्वर्ण पदक जित्ने सपना शनिवार चाइनीज ताइपेकी विश्वकी नम्बर एक खेलाड़ी ताइ जु यिड्ग विरुद्ध सीधा गेममा पराजयको साथ भताभुङ्ग भयो । रियो ओलम्पिकमा रजत पदक विजेता सिन्धुले पहिलो गेममा त ताइ जु समक्ष कड़ा चुनौती पेश गरिन् तर अन्तमा उनले ४० मिनटसम्म चलेको क्वार्टर फाइनल म्याचमा १८-२१, १२-२१ ले हारको सामना गर्नु पन्यो । सिन्धुसँग अहिले पनि ओलम्पिकमा दुईवटा व्यक्तिगत पदक जित्ने पहिलो भारतीय महिला खेलाड़ी बन्ने मौका रहेको छ । सिन्धुले आइतवार खेलिने काँस्य पदकको म्याचमा चीनकी बी बिड्ग जियाओको चुनौती स्वीकार्नेछिन् । जियाओले अन्य एउटा सेमिफाइनलमा आफ्नै देशकी चेन यूफेईलाई २१-१६, १३ २१, २१-१२ ले पराजित गरिन् । सिन्धु र ताइ जु-बीच सेमिफाइनल अघि १८ पल्ट जम्काभेट भएको थियो अनि १३ पल्ट ताइ जु विजेता रहेकी थिइन् । चाइनीज ताइपेकी खेलाडीले आज पनि सिन्धु विरुद्ध त्यही लयलाई कायम राखिन् । ताइ जु लाई लय हासिल गर्न केही समय लागे पनि सिन्धुले उनीमाथि दबाउ सृष्टि सकिनन् । म्याचको पहिलो गेममा दुई खेलाड़ीबीच रोमाञ्चक लड़ाइँ भए पनि दोस्रो गेम सम्पूर्ण रूपले ताइ जू को पक्षमा रह्यो । छैटौं वरीयता प्राप्त सिन्धुले यसअघि शुक्रवार क्वार्टर फाइनलमा जापानकी अकाने यामागुचीलाई पराजित गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *