ऐतिहासिक काँस्य पदक जितिन् सिन्धुले

भारतकी दिग्गज महिला ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धुले टोक्यो ओलम्पिकमा काँस्य पदकको साथ इतिहास रचिन् । आइतवार उनी ओलम्पिकमा लगातार दुईवटा व्यक्तिगत पदक जित्ने भारतकी पहिलो महिला खेलाड़ी बनिन् । समग्रमा सुशिल कुमारपछि लगातार दुईवटा ओलम्पिक पदक जित्ने उनी देशका दोस्रो एथलीट हुन् ।

आइतवार खेलिएको महिला एकल ब्याडमिण्टनको काँस्य पदकको म्याचमा छैटौं वरीयता प्राप्त सिन्धुले चीनकी बिङ्ग जियाओलाई केवल ५२ मिनटमा २१-१३, २१-१५ ले पराजित गरिन् । सिन्धुले यसअघि २०१६ को रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन् ।

पहलवान सुशिलले २००८ को बेजिङ्ग ओलम्पिकमा काँस्य र २०१२ को लण्डन ओलम्पिकमा रजत पदक जितेका थिए। यसबाहेक ब्याडमिण्टनमा भारतको यो तेस्रो पदक हो। साइना नेहवालले लण्डन ओलम्पिकमा काँस्य पदक जितेकी थिइन् । टोक्यो ओलम्पिकमा भारतको यो तेस्रो पदक हो । सबैभन्दा पहिला मीराबाई चानूले भारोत्तोलन (वेट लिफ्टिङ्ग) को ४९ किग्रा वर्गमा रजत पदक जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *