सिन्धुले दीपिका र रणवीरसँग मनाइन् पदकको खुशी

अभिनेत्री दीपिका पादुकोण र ब्याडमिन्टनका स्टार खेलाडी पिबी सिन्धु शनिबार राति मुम्बईको वर्ली इलाकास्थित रेस्टुरेन्टमा गएका थिए अहिले उनीहरूका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् सिन्धुले टोकियो ओलम्पिक २०२० मा कास्य पदक जितेका थिए । दीपिका, रणवीर र सिन्धुले यस जीतको खुशी डिनर गरेर मनाएका छन् ।

दीपिकाले सिन्धुलाई डिनरका लागि बोलाएकी थिइन् । यस अवधि दीपिकामा पति रणवीर सिंह पनि रेस्टुरेन्टमा थिए । रणवीरले दीपिका, सिन्धु र आफ्ना तस्बिरहरू सार्वजनिक गरेका छन् । पिबि सिन्धुले फोटोमा कमेन्ट गर्दै रणवीर र दीपिकासँग समय बिताउन पाउनु निकै खुशीको विषय रहेको बताएका छन् । उनले फेरि चाडै नै भेट्न उत्सुक रहेको बताएका छन् । दीपिकाका बाबुप्रकाश पादुकोण पनि ब्याडमिन्टनका खेलाडी हुन् दीपिका पादुकोण आफ्नो नयाँ फिल्म ८३ मा रणवीर सिंहसँगै देखिनेछन् । बिहेपछि यो जोडी एकसाथ पर्दामा देखिन लागेको यो पहिलो अवसर हो । यसबाहेक दीपिका पादुकोण फाइटर, पठान र द इन्टर्न मा पनि देखिनेछिन् । त्यस्तै, रणवीर कपुर पनि सर्कस, तख्त, रकी और रानीकी प्रेम कहानी लगायत फिल्ममा देखिनेछन्|

Leave a Reply

Your email address will not be published. Required fields are marked *