आज २२ श्रावण, विश्वकवि रवीन्द्रनाथ टैगोरको ८५ औं पुण्यतिथि हो। यस अवसरमा सिलगढी नगर निगमले बाघाजतीन पार्कमा रहेको रवीन्द्रको प्रतिमामा फूल अर्पण गरेर कविलाई श्रद्धाञ्जली अर्पण गर्यो।
सिलगढी नगर निगमका मेयर गौतम देव, एमआईसी शोभा सुब्बा, नगर निगमको शिक्षा तथा संस्कृति विभागका अधिकारीहरू र अन्यले समारोहमा भाग लिए।
सबैले श्रद्धाञ्जली अर्पण गरे र विश्वकविको उपलब्धिहरूलाई सम्झे।
