आदित्य बिरला ज्वेलरी, इंद्रियाले पूर्वी क्षेत्रमा ब्राण्डको उपस्थिति विस्तार गर्दै सिलिगुडीमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोरको शुभारम्भ गरेको छ। पूर्वोत्तरको प्रवेशद्वारका रूपमा चिनिने सिलिगुडी उत्तर बंगालको जीवन्त व्यापारिक केन्द्र हो, जुन विशेषगरी फस्टाउँदो गहना बजारहरूका लागि प्रख्यात छ। सूक्ष्म कालीगढी र पुख्र्यौली गहनाप्रतिको यहाँको गहिरो लगाव इंद्रियाको परम्परागत कला र आधुनिक डिजाइनको अनुपम संगमसँग पूर्ण रूपमा मेल खान्छ।
सिलिगुडीको सेवक रोडस्थित क्विन्स पार्कमा रहेको इंद्रियाको नयाँ स्टोरले मिहिन कला र आधुनिक गहना डिजाइनप्रतिको ब्राण्डको लगावलाई झल्काउँदै ग्राहकहरूलाई खरिददारीको उत्कृष्ट अनुभूति प्रदान गर्दछ। बेहुलीका लागि विशेष ब्राइडल लाउन्ज र कालीगढीका लागि छुट्टै कोठासहितको यो स्टोरमा २८,००० भन्दा बढी मनमोहक डिजाइनका गहनाहरू उपलब्ध छन्। यसले उत्तर बंगालको व्यापारिक केन्द्रका रूपमा रहेको सिलिगुडीको गौरवशाली विरासतलाई समेटेको छ। आफ्नो सेवा विस्तार गर्दै, इंद्रियाले सिलिगुडीका ग्राहकहरूका लागि कालजयी पुख्र्यौली कला र आधुनिक डिजाइनमा आधारित अत्यन्तै आकर्षक गहनाहरू ल्याएको छ।
इंद्रियाको नयाँ स्टोरले महत्त्वपूर्ण कोसेढुङ्गा सावित गर्दै भारतभरि ४५ स्थानहरूमा आफ्नो नेटवर्क विस्तार गरेको छ। यस ब्राण्डका अहिले दिल्लीमा ६, मुम्बईमा ५, हैदरावादमा ४, पुणेमा ३ र अहमदाबाद, जयपुर, पटना, बैंगलोर, इन्दोर तथा लखनऊमा २–२ वटा स्टोरहरू सञ्चालनमा छन्। यसका साथै जोधपुर, सुरत, विजयवाडा, भुवनेश्वर, प्रयागराज, कानपुर, आगरा, गया, जम्मु, छत्रपति सम्भाजीनगर, चण्डीगढ, म्याङ्गलोर, कोलकाता, कटक र सिलिगुडी जस्ता प्रमुख सहरहरूमा एक–एकवटा आउटलेटहरू रहेका छन्।
इंद्रियाका सीईओ श्री सन्दीप कोहलीले भने, “पश्चिम बंगालमा इंद्रियाको विस्तार हुँदै गरेको सञ्जालमा सिलिगुडीको आगमन एक अर्थपूर्ण उपलब्धिका रूपमा रहेको छ। आफ्नो जीवन्त व्यापारिक संस्कृति र गहनाको शिल्पकलाप्रतिको उच्च सम्मानका कारण यो सहर हाम्रा लागि एउटा महत्त्वपूर्ण बजार हो। हामी चिन्तनशील डिजाइन, उत्कृष्ट कालीगढी र उच्च स्तरको खरिददारी अनुभवमार्फत आफ्नो सेवाको स्तर अझ बढाउन प्रतिबद्ध छौँ, जसले गर्दा ग्राहकहरूले गहना खरिदको यात्रालाई सहज र सुखद रूपमा लिन सकून्।”
