आजका दम्पतीहरुमा बाँझोपनको उल्लेखनीय वृद्धि – नोवा आई.वी. फर्टिलिटी विशेषज्ञ हरुको भनाई

नोवा आई.वी.एफ सिलिगुडी मा आएको जानकारी अनुसार १० दम्पतीमध्ये,कम्तीमा पनी पाँच जना पुरुषहरुमा बाँझोपन रहेको पाइएको छ । डाक्टरहरूले मुख्यतया पुरुष बाँझोपन समस्याहरु र स्त्रीहरु मा (PCOS) पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम ,बडदो उमेर का कारणले गर्दा भएको हो भन्ने अनुमान लगाएका छन्। प्रविधि र विज्ञानको प्रगतिका कारणले ‘प्रजनन् उपचारका क्लिनिकल नतिजाहरु अगाडीका वर्षका तुलनामा आज राम्रो हुँदै आएको छ ।

राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण – ५ डाटा अनुसार सिक्किममा देशको सबैभन्दा कम कूल प्रजनन दर (TFR) छ । वास्तवमा नोवा IVF फर्टिलिटीका डाक्टरहरुको भनाई अनुसार आजका महिला पुरुषको ढिलो विवाह र समयमै चिकित्सा सहायता लिने चेतनाको अभावहरू जस्ता घेरै कारणले गान्तोकमा बढ्‌दो बाँझोपन प्रवृत्ति देखिहरहेको छ /अहिले सिक्किमका दम्पतीहरुमा विवाहको औसत उमेर 30 देखि 40 वर्ष बीचमा रहेको पाइएको छ र सिलिगुडी नोमा IVF प्रजनन केन्द्रमा आउने बिमारीह‌रू मध्ये, १०% भन्दा बढ़ी सिक्किमका छन् । अहिले १० जना जोड़ी मध्ये ५ जना जोड़ी ,पुरुष वा महिला बाँझोपनसँग संघर्ष गरिरहेका छन्/ यहाँ प्राय: सिक्किम, दार्जिलिङ, खर्साङ्ग र नेपाल बाट दम्पतिहरु उपचारका निम्ति आउने गर्छन् ।


नोवा आई .वी. एफ. फर्टिलिटी ईष्ट सिलिगुडी की परामर्श दाता डा. सताब्दी दे ले पुरुष बाँझोपन मा चिन्तन गर्दै भनिन् कि – ” प्राय मानिसमा बाँझोपन महिलाको रोग हो भन्ने धारनालाई प्रष्टयाउदै पुरुषहरूले पनि बाँझोपन समस्याहरूको समान रूपमा सामना गरिरहेका छन् । अहिले पुरुष बाँझोपन बढी रहेको छ अनि हरेक १० जोडी दम्पति भित्रमा ५ जना पुरुष बाझोपनसँग संघर्ष गरिरहेका छन् । पुरुषहरूमा बाँझोपन बढ़नुका धेरै कारणहरू छन्। विशेषगरि चिया बगानमा काम गर्ने मानिसहरूले प्राय: सुर्ती, गुट्खा र रक्सी धेरै सेवन गर्छन्। जसले गर्दा पुरुषको प्रजनन क्षमतालाई असर गर्दै शुक्राणुको संख्या घटाउँछ । यसकारण बच्चा जन्माउने योजना छ भने पुरुष महिला दुबैले समयमा नै प्रजनन परीक्षणका निम्ति आउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *