मृत्युअघि रेकर्ड गरिएको सिद्धार्थको गीत जन्मदिनमा सार्वजनिक हुँदै

भारतीय टेलिभिजन कार्यक्रम ‘बिग बोस’का विजेता तथा अभिनेता सिद्धार्थ शुक्लाको मृत्यु भएको दुई महिना बितिसक्यो। मृत्यु भएको महिनौंपछि उनको गीत रेकर्ड भएको खुलेको छ। सिद्धार्थको परिवारले उनी र्‍यापर बन्न चाहेको खुलाएका छन्।

यही क्रममा सिद्धार्थले मृत्युअघि एउटा गीत पनि रेकर्ड गरेका थिए, जसबारे उनको परिवारले अहिले जानकारी दिएको हो। परिवारले उक्त गीतलाई १२ डिसेम्बर अर्थात् सिद्धार्थको जन्मदिन पारेर रिलिज गर्ने योजना बनाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो गीतमा सिद्धार्थले आफ्नो जीवनको यात्राको बारेमा गाएका छन्। उनकी प्रेमिका शहनाज गिलले यसको निर्माणमा काम गरेकी छन्। दुवैले मिलेर निर्माण गरे पनि सिद्धार्थको एकल गीत भएको उनले बताएकी छिन्।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *