शिल्पाको फोन ‘क्लोनिङ’ गरी दोस्रोपटक सोधपुछ गर्ने तयारी

मुम्बई प्रहरीको क्राइम ब्रान्च अहिले अश्लील फिल्म बनाउने र्‍याकेट बन्द गर्ने मिसनमा छ । यसै मुद्दामा पक्राउ परेका अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रामाथि अनुसन्धान भइरहेको छ । 

यही क्रममा राजका कर्मचारीदेखि अभिनेत्री सेट्टीसँग प्रहरीले एक चरण सोधपुछ गरिसकेको छ ।

मुम्बई प्रहरीले एकपटक फेरि शिल्पासँग सोधपुछ गर्ने तयारी गरिरहेको छ । खबरका अनुसार शिल्पाको फोन ‘क्लोनिङ’ गर्ने योजना बनाइरहेको छ । 

‘क्लोनिङ’ गरेर जाँच गरेपछि शिल्पाको दोस्रोपटक बयान दर्ता गर्ने क्राइम ब्रान्चको तयारी छ । 

पहिलो पटक गत शुक्रबार क्राइम ब्रान्चले राजको उपस्थितिमा उनीहरूकै घरमा शिल्पाको वयान दर्ता गरेको थियो । जहाँ शिल्पाले आफ्नो श्रीमानलाई लगाएको आरोप गलत भएको भन्दै राजले पार्ने फिल्म नभई ‘इरोटिक’ चलचित्र बनाउने दावा गरेकी थिइन । यसका साथै उनले हाँटशाँट्स एप राजले नभई ज्वाइँ प्रदिप बख्शीले चलाउने बताएकी थिइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *