ओलम्पिक भिलेजमा थप ७ जना कोरोना संक्रमित थपिए

टोकियो ओलम्पिक औपचारिक सुरु भएको चौथो दिनपनि कोरोना संक्रमण हुनेको संख्या रोकिएको छैन ।

आज (मंगलबार) मात्र दुई खेलाडी सहित थप सात जनामा कोरोना पोजेटिभ देखिएको छ । 

सोमबार मात्र १६ जनामा संक्रमण देखिएकोमा आज थप सात जना संक्रमित देखिएका छन ।

योसंगै ओलम्पिकमा कोभिड देखिनेको संख्या पछिल्लो २७ दिनमा एक सय ५५ पुगेको छ ।

जापानी सञ्चार माध्यमका अनुसार ओलम्पिकका लागि गएका नेदरल्याण्ड्सका टेनिस खेलाडीलाई पोजेटिभ देखिएको बताइएको छ । 

ओलम्पिक आयोजकले कोरोना पोजेटिभको संक्रमणलाई कम गर्नका लागि बबल सिस्टम बनाएको छ ।

विश्व खेलकुदको महाकुम्भ मेलाका लागि विश्वका ११ हजार भन्दा बढि टोकियो पुगेका थिए भने केहि स्वदेश फर्किसकेका पनि छन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *