टाईगर श्रफको आँखा र मुहारमा गम्भीर चोट

बलिउड अभिनेता टाईगर श्रफले एउटा दुर्घटनामा आफुले झन्डै आँखा गुमाएको बताएका छन् । उनी अहिले बेलायतमा नयाँ फिल्म गणपतको छायाँकन गरिरहेका छन् । सो फिल्मको छायाँकनमा स्टन्ट गर्दा उनी घाईते भएका छन् ।

सो दुर्घटनामा आफ्नो आँखामा गम्भिर चोट लागेको उनले बताएका छन् । मुहारमा पनि केही चोट लागेको उनको कथन छ । तत्कालै अस्पताल पुगेर उपचार गराएका टाईगरको आँखा अब खतराबाट बाहिर रहेको चिकित्सकहरुले बताएका छन् ।

आँखाको बाहिरी भागमा अहिले पनि चोट छ । उनको मुहार फुलेको छ । आँखा सुन्निएर हेर्न गाह्रो भएको छ । जसका कारण चस्मा लगाएर आराम गर्नु परेको निर्माण पक्षले जनाएको छ ।

आफु एउटा निकै ठुलो जोखिमबाट निकै हदसम्म जोगिएको टाईगरले बताएका छन् । आफ्नो मुहार र आँखाको चोट ठिक हुन केही दिन लाग्ने र त्यसपछि छायाँकनलाई निरन्तरता दिने पनि उनले बताएका छन् । यो फिल्मको बेलायतमा छायाँकन सकेर उनी बाँकी छायाँकनको लागि भारत फर्कने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *