लड़ाकु विमान र हेलिकप्टर पठाउँदै

रुसले चाँडै नै बेलारुसलाई लडाकु विमान, हेलिकप्टर एवं एयर डिफेन्स सिस्टम पठाउने भएको छ । बेलारुसका राष्ट्रपति एवं अधिनायकवादी नेता मानिने अलेक्जेण्डर लुकाशेन्कोलाई उद्धृत गर्दै त्यहाँको बेल्टा न्युज एजेन्सीले जनाएको हो । रुसले बेलारुसलाई उपलब्ध गराउने यो हतियारले लुकाशेन्कोलाई रुसी राष्ट्रपति व्लादिमिर पुतिनको सोझो समर्थनको सङ्केत गरेको छ । बेलारुसमा लुकाशेन्कोको नेतृत्वलाई लिएर गत वर्ष ठुलो विरोध आन्दोलन भएको थियो ।

रुस र बेलारुसले यसै सेप्टेम्बर ११ देखि १६ सम्म संयुक्त सैन्य अभ्यास समेत गर्दै छन् । तिनले भने, रुसले बेलारूसलाई नाटो सैन्य गठबन्धन र युरोपेली सङ्घको विरुद्ध आफ्नो पश्चिमी सुरक्षा बफरको रूपमा हेर्छ । रुसले हामीले निकट भविष्यमै दर्जनौं विमान, हेलिकप्टर र महत्त्वपूर्ण एयर डिफेन्स हतियार उपलब्ध गराउने छ । एस ४०० पनि हुन सक्छ, हामीलाई यो चाहिएको छ, मैले पहिले पनि भनेको छु । सबैभन्दा आधुनिक हतियार हामीले भित्र्याउने छौं र अझै कुनै चाहिने हतियार सैन्य अभ्यासका क्रममा बिचार गर्ने छौं भनी लुकाशेन्कोले भनेका छन् । सेप्टेम्बर ९ मा लुकाशेन्को र रुसी राष्ट्रपति व्दादिमिर पुतिनले वार्ता समेत गर्ने भएका छन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *