डीडब्ल्यूजी को दोस्रो मीटिंग केरला को कुमारकोमा सुरु भयो

भारतको G20 अध्यक्षता अन्तर्गत, डेवलपमेंट वर्किंग ग्रुप (DWG) को दोस्रो बैठक अप्रिल 6 देखि 9 अप्रिल सम्म केरलाको कोट्टायम जिल्लाको कुमारकोममा सुरु भयो। बैठकमा ‘डेटा फर डेभलपमेन्ट’ भन्ने विषयमा विभिन्न विज्ञ, अन्तर्राष्ट्रिय संघसंस्थाका वक्ता, शिक्षाविद्, बुद्धिजीवी र नागरिक समाजले चर्चा गरेका थिए । यस कार्यक्रम मा G20 सदस्य राष्ट्रहरू, नौ आमन्त्रित देशहरू र धेरै अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरूबाट 80 भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए। डेवलपमेंट वर्किंग ग्रुप को पहिलो बैठक गत वर्षको डिसेम्बरमा मुम्बईमा भएको थियो ।

बैठकको पहिलो दिन विभिन्न चार सत्रमा प्यानल ले चर्चा आयोजना गरिएको थियो । पहिलो र दोस्रो प्यानल मा ‘डेटा फर डेभलपमेन्ट’, मा चर्चा भएको थयो, तेस्रो प्यानलले ‘ग्रीन एडिसन – एक व्यापक र एकीकृत दृष्टिकोण’ र चौथो प्यानलले ‘पर्यावरणका लागि जीवनशैली र हरित परिवर्तन’ भन्ने विषयमा चर्चा गरेको थियो। ‘डेटा फर डेभलपमेन्ट’ को उद्घाटन सत्रमा, संयुक्त सचिव र G-20 सचिवालयमा डाटा कार्य समूहका, सह-अध्यक्ष नागराज नायडूले विकासको दृष्टिकोणबाट डाटालाई हेर्ने र सार्वजनिक हितको लागि प्रयोग गर्ने महत्त्व मा जोड दिए। यसका साथै डेलिगेट्सका लागि डाटा फर डेभलपमेन्ट, लाइफस्टाइल फर इन्भायरमेन्ट र सिम्पल ग्रीन चेन्ज बारे एक साइड इभेन्ट पनि आयोजना गरिएको थियो ।

बैठकमा भारतले प्रस्ताव गरेका विभिन्न विकास प्राथमिकताका विषयमा विस्तृत चर्चा गरेको थयो । बैठकको औपचारिक उद्घाटन अप्रैल ७ देखि विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) श्री डम्मु रविले गर्नेछन्। DWG बैठकमा भारतका DWG सह-अध्यक्ष के.के. नागराज नायडू र एनम गम्भीरले आफ्ना G20 समकक्षहरू र गेस्ट हरूसँग द्विपक्षीय चर्चा को श्रृंखला पनि गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *