आउँदो महीनादेखि देशका धेरै राज्यहरूमा स्कूल खोलिने

कोरोना संक्रमणको मामिलामा आएको कमीलाई ध्यानमा | राख्दै अब १ सेप्टेम्बरबाट देशका धेरै | राज्यहरुमा विद्यालयहरु खोल्ने निर्णय लिएको छ । कारगिलका जिल्ला मजिस्ट्रेटले विद्यालय खोल्ने आदेश जारी गरेका छन्। दिल्लीमा पनि सेप्टेम्बर १ बाट विद्यालय खोल्ने निर्णय भएको छ। अर्कोतिर उत्तर प्रदेशमा स्कूलहरु खोलिएको छ र यो सेप्टेम्बर १ बाट कलेज खोल्ने निर्णय गरिएको छ यस बाहेक, महाराष्ट्र, पन्जाब, कर्नाटकले अब फेरि स्कूल खोल्ने निर्णय गरेको छ । यद्यपि, प्रसिद्ध डाक्टर नरेश त्रेहनले नानीहरुका लागि स्कूलहरु खोल्नलाई लिएर आपत्ति जनाएका छन् । उनले भने, चाँडै नानीहरुको लागि कोरोना भ्याक्सिन आउनेछ, त्यस पछि मात्र | उनीहरुलाई स्कूल मा बोलाउनु पर्छ ।

दिल्ली सरकारले यसको लागि एसओपी जारी गरेको छ । पहिलो चरणमा सेप्टेम्बर १ देखि कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीहरुका लागि विद्यालयहरु खोलिनेछन् । जबकि कक्षा ६ देखि ८ सम्मका विद्यालयहरु सेप्टेम्बर ८ बाट खुल्नेछन् । यसका साथसाथै आपतकालीन अवस्थामा यहाँका विद्यालय र कलेजहरुमा क्वारेन्टाइन केन्द्रको व्यवस्था गर्ने आदेश दिइएको छ। तमिलनाडु स्वास्थ्य मन्त्रीको कार्यालयबाट हालै एक विज्ञप्तिमा भनिएको छ कि स्कूल र कलेजका सबै कर्मचारीहरुलाई सेप्टेम्बर ५ सम्म भ्याक्सिनको कम्तीमा एक डोज दिइनेछ । कक्षा ६ देखि सम्मका विद्यालयहरु उत्तर प्रदेशमा २४ अगस्तदेखि खोलिएको छ ।

कर्नाटकमा पनि कोरोना संक्रमण दरमा आएको कमीलाई ध्यानमा राखी कक्षा ९ देखि १२ सम्मका विद्यालयहरु खोलिदिएको छकर्नाटकमा २३ अगस्तदेखि कक्षा ९ देखि १२ सम्मका स्कूलहरु खोलिएको छ । मिजोरममा कोरोना भाइरस संक्रमण मुक्त क्षेत्रहरुमा ३०० भन्दा धेर स्कूलहरुलाई नयाँ शैक्षिक सत्र २०२१-२०२२ को लागि पुनः खोल्न अनुमति दिएको छ विद्यालय शिक्षा विभागका एक अधिकारीले यो जानकारी दिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, सोमबार बिहान देशभरबाट ४२, ९०९ नयाँ केसहरु सामु आएको छ र ३८० संक्रमित मानिसहरुको मृत्यु भएको छ । त्यहीं केरलामा २९,८३६ नयाँ संक्रमित भेटिएका छन् र ७५ को मृत्यु दर्ता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *