स्नाइडर इलेक्ट्रिकले काठमाण्डौमा ‘इनोभेसन डे’ आयोजना गरेको छ

एनर्जी म्यानेजमेम्ट र अटोमेसनको डिजिटल रूपान्तरणमा विश्वव्यापी अग्रणी स्नाइडर इलेक्ट्रिकले आज काठमाण्डौमा इलेक्ट्रिसिटी ४.० को अवधारणा प्रस्तुत गर्न आफ्नो ‘इनोभेसन डे’ कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। सरकारी अधिकारीहरू, च्यानल साझेदारहरू, वितरकहरूको सहभागिता रहेको यस कार्यक्रमले इलेक्ट्रिसिटी ४.० लाई पावर गर्ने प्रविधिहरू र समाधानहरू प्रदर्शन गर्‍यो जसले प्रभावकारी रूपमा डिकार्बोनाइज, डिसेण्ट्रलाइज र नयाँ इलेक्ट्रिक वर्ल्ड प्रदान गर्दछ जुन थप इलेक्ट्रिक, थप डिजिटल र थप दिगो छ।

इलेक्ट्रिफिकेशनले एनर्जीलाई ग्रीन बनाउँछ, र डिजिटलले ऊर्जालाई स्मार्ट बनाउँछ। तसर्थ, इलेक्ट्रिसिटी ४.० जुन इलेक्ट्रिक र डिजिटलको अभिसरण हो, यो नै थप दिगो र थप लचिलो भविष्यको लागि एक मात्र समाधान हो। जीरो कार्बन भविष्यको द्रुत मार्ग अपनाउने उद्देश्यका साथ ‘इनोभेसन डे’ प्रोग्रामले डिजिटल र दिगो विधिबाट उपभोक्ताको आवश्यकता पूरा गर्दै जलवायु परिवर्तनसँग जुध्न अपिल गरेको छ । प्रोग्राममा, कम्पनीले आफ्नो आईओटी सक्षम ‘ग्रीन प्रिमियम प्रोडक्ट पोर्टफोलियो’ को सम्पूर्ण दायरा प्रदर्शन गर्‍यो जसले दक्षता र दिगोपनलाई अनलक गर्न निरन्तर डाटा इन्टेलिजेन्स र सिमलेस कोलैबोरेशनलाई अनुमति दिन्छ। यस प्रोग्राममा कम्पनीले आफ्नो ग्रीन योधा दिगोपन पहल सुरु गरेको हो । यस पहलले व्यक्तिगत र कर्पोरेट स्थिरता लक्ष्यहरू पूरा गर्न एनर्जी एफीसीएन्ट अभ्यासहरू अपनाउन सामूहिक कार्य गर्न सचेत नागरिकहरू, व्यवसायहरू र सन्स्थाहरूलाई एकताबद्ध गर्ने लक्ष्य राख्छ।

कम्पनीले यस क्षेत्रका साझेदारहरूका लागि ‘सस्टेनेबिलिटी इम्प्याक्ट अवार्ड’ पनि सुरु गरेको छ। यी पुरस्कारहरू विश्वव्यापी रूपमा आफ्नो प्रकारको पहिलो हुन् र इनोभेसन र डेकार्बोनाइजेशनलाई प्राथमिकता दिने उद्योगका लीडरहरुलाई सम्मान गर्छन्। यो प्रोग्राम नयाँ इलेक्ट्रिक वर्ल्डमा डिजिटल रूपान्तरण, दिगोपन र दक्षता प्रदान गर्न साझेदारहरूलाई सशक्त बनाउन सण्रचित गरिएको छ।

By News Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *