पीपीएस मोटर्ससँग साझेदारीमा खानी क्षेत्रमा आफ्नो उपस्थिति दह्रिलो गर्दै स्क्यानिया इण्डिया

स्क्यानिया इण्डियाले भारतमा स्क्यानियाको खानीमा प्रयोग गरिने टिपरहरूको प्रतिनिधित्व गर्नको निम्ति पीपीएस मोटर्ससँग साझेदारी गरेको छ। यस साझेदारीले सम्पूर्ण भारत कभरेज सुनिश्चित गर्ने भएको छ र प्रविधि र नवीनताद्वारा सञ्चालित दिगो यातायात समाधानहरूमा ध्यान केन्द्रित गरिएको छ।

पीपीएसले भारतमा रणनीतिक रूपले नागपुरमा स्क्यानियाको केन्द्रिय गोदामसँग आबद्ध रहेको 6 वटा क्षेत्रीय गोदाम स्थापित गरेको छ। ठूल्ठूला मरम्मतिको उचित सेवा प्रदान गर्ने कम्पनीको तीनवटा अत्याधुनिक कार्यशाला अनि 9 वटा मोबाइल सेवा भ्यान रहेको छ।

यसबारेमा बोल्दै कम्पनीका प्रबन्धन निदेशक जोहन पी. सल्टरले आफ्नो अत्याधुनिक प्रविधिको फाइदा उठाउँदै शुद्ध शून्य उत्सर्जन लक्ष्यसम्म पुग्नमा भारतका प्रयासहरूमा महत्वपूर्ण योगदान दिने बारेमा आशा व्यक्त गरेका छन्। यो सहयोग नेटवर्क विस्तार अनि उन्नत उपभोक्ता सहायताप्रति स्क्यानियाको प्रतिबद्धता दर्शाउने उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *