लचिलो बीमा माग वृद्धिसितै एसबीआई लाइफद्वारा स्मार्ट शिल्ड प्लस सार्वजनिक

भारतीय ग्राहकहरूको बढ्दो सुरक्षाको आवश्यकतालाई पूरा गर्न एसबीआई लाइफ इन्सुरेन्सले एसबीआई लाइफ स्मार्ट शिल्ड प्लस नामक नयाँ टर्म इन्सुरेन्स उत्पाद सार्वजनिक गरेको छ। भविष्यमुखी यो व्यक्तिगत, नन–लिङ्क्ड, नन–पार्टिसिपेटिङ योजना तीनवटा कभर विकल्पसहित आएको छ जसले लेभल कभर, इन्क्रिजिङ कभर अनि लेभल कभर विथ फ्युचर–प्रुफिङ बेनिफिट जस्ता विशेषताहरू उपलब्ध गराउँदछ। यसले ग्राहकलाई आफ्नो जीवनका महत्त्वपूर्ण चरणसितै बीमालाई समायोजन गर्न सक्षम बनाउँछ।
इन्क्रिजिङ कभर विकल्पले वार्षिक 5% का दरले बीमा रकम 200% सम्म बढ़ाउँछ भने फ्युचर–प्रुफिङ बेनिफिटले विवाह, सन्तान जन्म वा घर किन्ने जस्ता अवसरमा अतिरिक्त स्वास्थ्य परीक्षणबिनै कभर बढ़ाउने अनुमति दिन्छ। यस योजनामा लचिलो डेथ बेनिफिट पेमेण्ट, पति / पत्नीका लागि अतिरिक्त सुरक्षा दिने बेटर हाफ बेनिफिट अनि दुर्घटना लाभ सम्बन्धी राइडरहरू पनि समावेश छन् जसले व्यापक सुरक्षा सुनिश्चित गर्दछ।
सिलगढ़ीमा यसको आरम्भलाई समयानुकूल मानिएको छ। मध्यम आय भएका परिवार र साना व्यवसायीहरूबीच लचिलो सुविधा भएको दीर्घकालीन सुरक्षा योजनाप्रति रुचि बढ़िरहेको स्थानीय बीमा वितरकहरूले बताए। तिनीहरूअनुसार, बढ्दो खर्चयोग्य आय र वित्तीय योजनाबारे सचेतनाले प्रेरित भई यहाँ स्मार्ट शिल्ड प्लस लोकप्रिय हुने अपेक्षा गरिएको छ। एसबीआई लाइफका प्रेसिडेण्ट तथा चीफ डिस्ट्रिब्युशन अफिसर एम. आनन्दअनुसार, यस योजनाले व्यक्तिहरूलाई कोसेढुङ्गामा आधारित अनुकूलन क्षमताको आनन्द लिँदै आफ्नो वित्तीय भविष्यलाई सक्रिय रूपमा सुरक्षित गर्न सशक्त बनाउँछ।

उत्पादनको बारेमा थप जान्नको लागि लिङ्कमा क्लिक गर्नुहोस्: https://www.sbilife.co.in/en/individual-life-insurance/protection-plans/smart-shield-plus

By Business Bureau