संस्कृति विश्वविद्यालयद्वारा छैटौँ दीक्षान्त समारोह आयोजन, 2089 विद्यार्थीहरूलाई डिग्री प्रदान

संस्कृति विश्वविद्यालय, मथुराले विभिन्न विषयका 2089 विद्यार्थीहरूको शैक्षिक उपलब्धिहरूको उत्सव मनाउँदै छैटौँ दीक्षान्त समारोह आयोजना गरेको छ। आकाश शैक्षिक सेवा लिमिटेडका चेयरम्यान डा. जे. सी. चौधरी तथा अभिनेता तथा कवि आशुतोष राणा दुवैलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरियो। कार्यक्रमले देशभरका आध्यात्मिक नेताहरू, विद्वानहरू, उद्योग विशेषज्ञहरू अनि प्रख्यात व्यक्तित्वहरूको एक विशिष्ट भेलालाई एक ठाउँ ल्याएको थियो। समारोहमा मोठ 536 डिप्लोमा, 1277 स्नातक डिग्री, 248 स्नातकोत्तर डिग्री अनि 28 विद्यावारिधि डिग्री प्रदान गरियो। 130 विद्यार्थीहरूलाई स्वर्ण पदकले पनि सम्मान गरियो।
स्नातकहरूलाई प्रोत्साहन र प्रेरणा दिन आईआईटी कानपुरका प्राध्यापक डा. नलिनाक्ष एस. व्यास, एसोसिएशन अफ इण्डियन युनिभर्सिटिज (एआईयू) का चेयरम्यान प्रो. विनय कुमार पाठक र गोल्डी मसालेका डाइरेक्टर सुदीप गोयन्का लगायत शिक्षा र उद्योगका प्रतिष्ठित व्यक्तिहरू पनि उपस्थित थिए। समारोहमा अनन्तश्री विभूषित जगद्गुरु रामानन्दचार्य स्वामी सतीशाचार्य महाराज, आध्यात्मिक नेताहरू, आचार्य मनीष (एचआईएमएस), पूज्य चिन्मय नन्द बापू र महामण्डलेश्वर हेमाङ्गी सखीको उपस्थिति थियो। यस अवसरमा बोल्दै संस्कृति विश्वविद्यालयका कुलपति डा. सचिन गुप्ताले स्नातकहरूलाई बधाई दिए अनि विशिष्ट अतिथिहरूप्रति कृतज्ञता व्यक्त गरे। “यो हामी सबैका लागि गर्वको क्षण हो। आज हाम्रा विद्यार्थीहरू ज्ञान, निष्ठा र नवीनताको राजदूतको रूपमा विश्वमा पाइला राख्छन्। हाम्रा अतिथिहरूले बाँड़ेका ज्ञान र मार्गदर्शनले तिनीहरूको भविष्यको यात्रामा प्रेरणाको स्रोतको रूपमा काम गर्नेछ,” तिनले भने।

By Business Bureau