सानोफापर्डी नेपाली प्राथमिक विद्यालयमा फेरि हात्तीको आक्रमण

सिलगढी नजिकै रहेको छोटा फापर्डी नेपाली प्राथमिक विद्यालयमा राति हात्तीले आक्रमण गरेको छ । हात्तीको आक्रमणबाट विद्यालयको भान्साको झ्याल फुटेको छ ।हात्तीले जंगल वरपरका क्षेत्रमा आक्रमण गर्ने गरेको बताइदिन्छ । शुक्रबार राति सानो फापर्डी नेपाली प्राथमिक विद्यालयमा फेरि हात्ती पसेर विद्यालयको भान्साको झ्याल फुटेको थियो । त्यतिबेला तीन जना कर्मचारी भान्सामा सुतिरहेका थिए । उनले भागेर ज्यान जोगाएका थिए ।