संजय दत्तले पेपर ब्याग बनाएर कमाउँथे पैसा

बलिउड अभिनेता संजय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे सन् १९९३ को मुम्बई बम हमलाको मामिलाले उनलाई जेलको हावा नै खान बाध्य बनायो । यसको सुनुवाई सन् १९९५ जून ३० बाट शुरु भएको थियो । यो मामिलामा झण्डै १२ वर्ष पछि सन् २००७ मई १८ मा सुनुवाई पुरा भएको थियो ।

उनी आम्स एक्ट अनुसार वर्षको जेल सजायको भागिदार बने । सञ्जयका लागि जेल बसाई विशेष रह्यो । उनी पाँच वर्ष जेल बसे र राम्रो काम गरेका कारण उनी आठ महिनाअघि नै रिहा भए जेलमा उनले काम कैदी सरह समय बिताए। उनले जेलमा धेरै थैली बनाएका थिए । संजयका अनुसार उनले पुराना पत्रिकाबाट पेपर ब्याग बनाएर जेलमा पैसा कमाउँथे ।

उनले यस वापत प्रति बोरी २० पैसा पाउँथे म जेलमा दैनिक ५० देखि सय ब्याग बनाउँथे । मैले जेलमा बस्दा झण्डै पाँच सय रुपियाँ कमाएको थिएँ । मैले त्यो सबै पैसा पत्नी मान्यतालाई दिएँ, संजयले भनेका छन् । संजय आफ्ना लागि जेलमा कमाएको पाँच सय रुपियाँको मूल्य ५ हजार करोड रुपियाँ बराबर रहेको बताउँछन् । उनले सन् २०१३ देखि सन् २०१६ सम्म पुणेको यरवदा सेन्ट्रल जेलमा सजाय काटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *