सलमान खानको ‘किसी का भाई किसीकी जान’ को ट्रेलरले २४ घण्टामा सबै सामाजिक सञ्जालमा ५१ मिलियन भन्दा बढी भ्युज पारेको छ

बलिउड अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसी का जान’ को ट्रेलर सार्वजनिक भएको छ र सबै फ्यानहरुबाट सुपर डुपर हिट प्रतिक्रिया पाएको छ । टिजरमा सलमान खानलाई फिल्मको मुख्य कलाकारको रुपमा देखाइएको छ ।

ट्रेलरले fb, insta, you tube लगायतका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा २४ घण्टाभित्र ५१ मिलियन भ्युज हासिल गरेको छ ।

ट्रेलरमा टिप्पणी गर्दै, एक प्रयोगकर्ताले लेखे, “लामो अन्तराल पछि र धेरै मिस गरिसकेपछि, हामीले भाइजानलाई वास्तवमै परिभाषित गर्ने उत्तम अवतारमा देख्छौं। फिल्मका लागि उत्साहित छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *