सेफ ड्राइभ सेभ लाइफ कार्यसूची पालन

वर्तमान समयमा कतिपय सवारी चालकहरूले ट्राफिक नियमहरूलाई पालन नगर्नाले पनि सड़क दुर्घटनाको शिकार बनिरहेका छन् भने कतिले आफ्नो ज्यानसम्म पनि गुमाउन परिरहेको छ । ट्राफिक पुलिसको तर्फबाट लगातार सेफ ड्राइभ सेभ लाइफको माध्यमद्वारा मानिसहरूलाई जागरुकता पनि गराइरहेका छन् । आज चमर्ची पुलिस आउटपोस्टमा पनि बानरहाट ट्राफिक पुलिस अनि चमचीं पुलिस आउटपोस्टको सहयोगमा चमर्ची अञ्चल युवा तृणमूल कङ्ग्रेसद्वारा सेफ ड्राइभ सेव लाइफ कर्मसूचीलाई पालन गर्दै लगभग ४० जना महिलाहरूलाई हेलमेट वितरण गरेको थियो। आजको यस कार्यक्रममा जलपाइगढी जिल्ला ट्राफिक पुलिस डीएसपी एनडी शेर्पा मुख्य रूपले उपस्थित थिए ।

यसको साथै बानरहाट थाना ट्राफिक ओसी कमल दे, चमर्ची पुलिस फाडीका ओसी सैकत भद्र, समाजसेवी मोहम्मद रेजा करीम, चमर्ची ग्राम पञ्चायत प्रधान चन्दना राय, चमर्ची अञ्चल युवा तृणमूल कङ्ग्रेस अध्यक्ष सञ्जय मुखर्जी, ब्लक युवा तृणमूल कङ्ग्रेस अध्यक्ष विमल महली, अञ्चल तृणमूल छात्र परिषद अध्यक्ष वाहिद अली, नीरज छेत्री लगायत अन्य उपस्थित थिए । ट्राफिक डीएसपी एनडी शेर्पाले भने, आज सेफ ड्राइभ सेभ लाइफ कार्यक्रमको माध्यमले यहाँका दुई चक्के महिला चालकहरुलाई हेलमेट वितरण गरिएको थियो जुन अत्यन्तै राम्रो पहल रहेको छ। जागरूकताको कमि अनि लापरवाहीको कारण मानिसहरू सड़क दुर्घटनाको शिकार हुने गर्छन् जसको निम्ति मानिसहरू सचेत हुन जरुरी छ।

यदि मानिसहरू जागरूक भएर ट्राफिक नियमलाई पालन गरे सड़क दुर्घटनामा धेरै कमि हुनेछ । चमर्ची अञ्चल युवा तृणमूल कङ्ग्रेसका सभापति सञ्जय मुखर्जीले भने, आजभन्दा अघि पनि यहाँका मानिसहरूलाई स्थानीय पुलिस प्रशासन अनि ट्राफिक पुलिसको सहयोगमा सड़क दुर्घटनामा बाँच्नको निम्ति जागरुक कार्यक्रम गरेका थियौँ । आगामी दिनहरूमा पनि हामी अवश्य नै यस्ता कार्यक्रमहरू अझ गर्ने छौं। आज यहाँ हाम्रो तर्फबाट लगभग ४० महि चालकहरूलाई हेलमेट सदैव प्रयोग गर्ने अनुरोध गर्दै हेलमेट वितरण गरेको थियो । चमर्ची पुलिस फाडीका ओसी सैकत भद्रले भने, सेफ ड्राइभ सेभ लाइफ कार्यक्रमको माध्यमद्वारा मानिसहरूलाई सचेत गराउने कार्य राज्यभरि नै चलिरहेको छ। सडक दुर्घटनाबाट बाँच्न सबैले ट्राफिक नियमलाई पालन गर्ने पनि अनुरोध गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *