सचिन तेन्दुलकर नाउँ पनि पेण्डोरा पेपर्समा

केन्द्र सरकारले लिक भएका पेन्डोरा पेपर्समाथि अनुसन्धानका लागि विभिन्न एजेन्सीलाई आदेश दिएको छ। पेन्डोरा पेपर्समा ३०० भन्दा अधिक भारतीयको नाम समावेश छ जसमा उद्योगपति अनिल अम्बानी र पूर्व क्रिकेटर सचिन तेन्दुलकरको नाम पनि छ। केन्द्रिय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) का अध्यक्ष जेबी महापात्राले यो अनुसन्धान दलको नेतृत्व गर्नेछन् । सीबीडीटीबाहेक प्रवर्तन निर्देशनालय, रिजर्व ब्यांक र फाइनेन्सियल इन्टेलिजेन्स युनिटले पनि अनुसन्धान गर्नेछ। लीक भएका रेकर्डबाट रिलायन्स एडीए ग्रुपका अध्यक्ष अनिल अम्बानी र उनका प्रतिनिधिसँग कम्तिमा १८ अफशोर कम्पनी थिए भन्ने थाहा हुन्छ । सन् २००७ र सन् २०१० बीच स्थापित यी कम्पनीमध्ये सात कम्पनीले ऋण लिएको छ र कम्तिमा १.३ बिलियन डलरको निवेश गरेको छ।

अनिल अम्बानीको तर्फबाट यसबारे तुरुन्त कुनै प्रतिक्रिया आएको छैन तर एक अज्ञात उकिलले उनको तर्फबाट रिपोर्टिङ पार्टनर इण्डियन एक्सप्रेससँग भने, उनी भारतमा कर बुझाउने नागरिक हुन् र उनले भारतीय अधिकारीलाई ती सबैकुरा बताएका छन् जुन कानुन अनुसार आवश्यक छ । उकिलले भने, लण्डन अदालतमा आफ्नो कुरा राख्दै सबै आवश्यक कुरालाई ध्यानमा राखिएको थियो। रिलायन्स समूहले संसारभरी व्यापार गर्छ। वैध व्यापार र नियामक आवश्यकताका लागि कम्पनीहरुलाई भिन्न भिन्न न्यायिक क्षेत्रमा राख्नुपर्छ हालसम्म कुनै विवादमा नफसेका पूर्व क्रिकेटर सचिन तेन्दुल्कर र उनका परिवारको नाम पनि पेन्डोरा पेपर्समा आएको छ उनलाई ब्रिटिश भर्जिन आइल्याण्डमा एक संस्थाका लाभार्थी मालिक बताएको छ जुन सन् २०१६ मा स्थापना भएको थियो । सचिन तेन्दुलकर, उनकी श्रीमती अञ्जली तेन्दुलकर र उनका ससुरा आनन्द मेहतालाई यो कम्पनीका लाभार्थी मालिक र निर्देशक बताएको छ ।

११७ देशका ६०० खोजी पत्रकारले यी दस्तावेजमाथि अनुसन्धान गरेका छन् १४ सूत्रबाट पाएका यी दस्तावेजमाथि महिनौंसम्म अनुसन्धान गरियो । त्यसपछि यी दस्तावेजको आधारमा रिपोर्ट तयार गरियो । यसलाई यसै साता प्रकाशित गरिँदै छ। यो डाटालाई वाशिंगटन डीसीस्थित इन्टरनेशनल कन्सोर्शियम इन्भेस्टिगेटिव जर्नलिस्ट अर्थात् आइसीआइजेले प्राप्त गरेको हो र संसारभरिका १४० मीडिया संस्थाले हालसम्मको यो सबैभन्दा ठूलो विश्वव्यापी अनुसन्धानमा भाग लिए बीबीसी पानारोमा र गार्डियनले मिलेर ब्रिटेनमा यो अनुसन्धानको नेतृत्व गरेका छन् यी दस्तावेज अनुसार ९० देशका ३३० भन्दा अधिक समावेश भएका राजनेताले आफ्नो सम्पत्ति लुकाउनका लागि गोप्य अफशोर कम्पनीलाई प्रयोग गरेका छन् । विदेश मन्त्रालयले दोषी पाएका मानिसविरुद्ध उचित कारवाही गरिने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *