सिलगढीमा रन फर इन्डिया आयोजना हुन लागेको छ । आयोजक संस्थाका सदस्यहरूले बिहीबार सिलगढी जर्नलिस्ट क्लबमा उक्त कुरा बताए। यो दौड बनवासी कल्याण आश्रमले भदौ १३ गते आयोजना गरेको हो। दौड उत्तर बङ्गाल विश्वविद्यालय अगाडिबाट सुरु भई सालबारी क्षेत्रमा रहेको बनबासी कल्याण आश्रमको कार्यालय अगाडि समापन हुनेछ । यस दौडमा १३ वर्षदेखि ३५ वर्षसम्मका जोसुकैले भाग लिन सक्नेछन्। बिहीबार दिउँसो आयोजक समितिका सदस्यहरुले सो जानकारी दिएका हुन्।