आरआरआरको १८ करोड प्रमोशनको खर्च खेर गयो

यही जनवरी ७ तारिखबाट रिलिज हुने भनिएको बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’ हेर्न दर्शकले पुनः प्रतिक्षा गर्नुपर्ने भएको छ । भारतमा ओमिक्रोनको संक्रमण फैलिन थालेसँगै हलहरु पुनः बन्द भएपछि निर्माण टिमले चलचित्र अनिश्चित कालका लागि स्थगीत गर्ने निर्णय लिएको हो ।
 
रिलिज अगावै निकै चर्चामा आएको यो चलचित्रका लागि निर्माण टिमले प्रमोशनमा पनि ठूलो रकम खर्च गरेका थिए । तर, एक्कासी चलचित्र पोस्टपोन्ड भएपछि निर्माण टिमको प्रमोशनको खर्च खेर गएको छ ।

बलिउड हंगामाका अनुसार आरआरको करिब २०१८ देखि २० करोड प्रमोशनमा गरेको खर्च भइसकेको छ । रिलिज अगावै ब्लकबस्टर हुने आकंलन गरिएको चलचित्रको कुल लगानी भारु ४०० करोड छ । 

“जनवरी ७ मा रिलिजका लागि तयार चलचित्रको शून्य प्रतिफल पाएको प्रचार अभियानले निर्माताहरुको १८–२० करोड रुपैयाँ खर्च भयो । जसमा २–३ करोड त आरआरआरका दुई प्रमुख पुरुष रामचरण र एनटीआर जुनियरका फ्यानहरूलाई आन्ध्रबाहिर प्रचारात्मक कार्यक्रमहरूमा लैजानका यातायातमै खर्च भयो,” एक स्रोतलाई उद्धत गर्दै लेखिएको छ । 

उनका अनुसार आरआरआरका यी दुई लिडिङ अभिनेताहरुको आन्ध्र प्रदेश बाहिर फ्यान फलोइङ कम छ भनेर निर्देशक एसएस राजमौलीलाई पहिले नै थाहा थियो । मुम्बाईलगायत बाहिरका सहरहरुमा भएको प्रमोशन कार्यक्रमहरुमा आन्ध्रका फ्यानहरूलाई लक्जरी होटेलहरूमा राखिएको थियो । जसको साटो उनीहरुले प्रमोशनमा उनीहरूले ताली बजाउनेदेखि चियर गर्नुपर्ने कार्य दिइएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *