रोयल इनफील्डले महिलाहरूको लागि विशेष परिधान संग्रह शुरू गऱ्यो: उनी आफ्नो तरिकाले सवारी हाँक्छिन 

मध्यम आकारको (२५०-७५० सीसी) मोटरसाइकल सेगमेन्टमा विश्वव्यापी अग्रणी रोयल इनफिल्डले विशेष रूपमा महिलाहरूको लागि आफ्नो जीवनशैली परिधान र राइडिङ गियरको नयाँ श्रृंखला शुरू गरेको छ। महिलाहरूलाई उनीहरूको अन्वेषण प्रयासहरूमा सहयोग प्रदान गर्दै यस सङ्ग्रहले महिला राइडरहरूको बढ़दो समुदायप्रति प्रसन्नता व्यक्त गर्दछ। यसले प्रिमियम गियर र पहिरनहरू प्रदान गर्दछ जसले शैली, आराम र सुरक्षालाई निर्बाध रूपमा संयोजन गर्दछ र प्रत्येक राइडरको विचार अनुरूप पूर्णरूपमा तयार पारिएको छ। 

रोयल इनफिल्डको विशुद्ध मोटरसाइकल अनुभव बृद्धि गर्ने विरासतमा आधारित नयाँ वुमेन्स कलेक्सनले आधुनिक महिलाको व्यक्तित्व र गतिशील जीवन शैलीसँग मिल्ने क्राफ्टिङ गियरप्रति ब्रान्डको समर्पणलाई झल्काउँछ। यो सङ्कलन महिला राइडरहरूलाई सशक्त बनाउन डिजाइन गरिएको हो जसमा उनीहरूले खुल्ला राजमार्गहरूमा यात्रा गर्दा वा शहरका सडकहरूमा वाहन हाँक्दा आत्मविश्वास र आराम दुवै सुनिश्चित गर्ने पोशाकहरू प्रदान गरिन्छ। 

राइडिङ गियरको नयाँ श्रृंखलाले महिला राइडरहरूका निम्ति आकर्षक विकल्पहरू प्रदान गर्दछ, जसमा: 

● स्ट्रिट विन्ड इको राइडिङ ज्याकेट: महिलाहरूका लागि पहिलो दिगो राइडिङ ज्याकेट, जुन ७५ वटा पुन: निर्माण गरिएका पीईटी बोतलहरू र १०० प्रतिशत पुन: प्रयोग गरिएका सामग्रीबाट बनेका हुन्। | भारतीय रूपयाँ ६,५०० 

● टूरर महिला राइडिंग ज्याकेट: काँध, कुहिनो र ढ़ाडमा सीई लेभल २ सेफ टेक आर्मरसँग उच्च स्तरीय, स्ट्रेच गर्न मिल्ने, सास फेर्न योग्य पोलिएस्टर जालीबाट बनाइएको शीर्ष-स्तरीय सुरक्षा प्रदान गर्दछ। यसमा धेरै पकेटहरू, रिफ्लेक्टिभ एलिमेन्ट र सीई क्लास ए प्रमाणीकरण सुविधाहरू छन्। | भारतीय रूपयाँ ९,९५० 

● राइड मोर लेगिंग्स: सीई लेभल २ सेफ टेक नी प्रोटेक्टर्स र सीई लेभल १ ईएसए हिप प्रोटेक्टरहरूले सुसज्जित यी हाई-अब्रेसन पोली लाइक्रा लेगिंग्सहरूले प्रि-कर्व्ड फिट, आरई ब्रान्डिङ, दुई ब्याक पकेटहरू र सीई क्लास ए प्रमाणीकरण प्रदान गर्दछ। | भारतीय रूपयाँ ५,५०० 

● राइड मोर बूट्स: उच्च गुणस्तरको, घर्षण-प्रतिरोधी लेदर, रबरको सोल र मोल्ड गरिएको टीपीआर एंकल प्रोटेक्टरबाट निर्मित छन्। यसमा प्याड गरिएको नरम भित्री भाग, टो सिफ्ट प्याच, हटाउन सकिने र धुन मिल्ने इनर सोल र परिष्कृत दृश्यताका लागि प्रतिबिम्बित तत्वहरू छन्। | भारतीय रूपयाँ ६,००० 

● हस्टल वुमन्स ग्लोभ्स: माइक्रोस्युएड र पोली स्ट्रेच फेब्रिकसित १०० प्रतिशत पोलिएस्टर एयर मेशबाट बनेको छ र यसमा टीपीआर नकल सुरक्षा र ४ एमएम रबर स्पन्ज पाम सुरक्षा सुविधा समावेश छन्। | भारतीय रूपयाँ ९९० 

● स्ट्रीट ऐस वूमन्स ग्लोब्स: हसल ग्लोब्सजस्तै तर फुल फिंगर स्टाइलमा भेन्टिलेसन, सुरक्षा र स्टाइलिश डिजाइन प्रदान गर्दछन्। | भारतीय रूपयाँ १,२९० 

● हाफ एन्ड फुल फेस हेलमेट: अधिकतम सुरक्षा र आरामको लागि डिजाइन गरिएको हेलमेटको हाम्रो श्रृंखलालाई अन्वेषण गर्नुहोस्, जसमा दिगोपनसहित आकर्षक सौन्दर्यको स्थायी संयोजन छ। | भारतीय रूपियाँ २२०० बाट शुरू 

लाइफस्टाइल परिधान श्रृंखलामा स्टाइलिश, फेसनदार र बहुमुखी विकल्पहरू छन् जसले महिला राइडरहरूको प्रत्येक मनस्थितिलाई झल्काउँछ। यस संग्रहमा बम्बर ज्याकेट, डेनिम ज्याकेट, राइडिङ डेनिम, लेदर ज्याकेट, टी-सर्ट, भेस्ट, स्वेटसर्ट, रिफ्लेक्टिभ पफर ज्याकेट र वेस्ट र थाई ब्यागहरू समावेश छन्। सङ्ग्रहमा प्रत्येक टुक्रालाई आराम र स्थायित्व सुनिश्चित गर्न प्रीमियम-गुणस्तरका कपडाहरूबाट बनाइएको छ। यस श्रृंखलामा श्वासप्रश्वास सुविधाका लागि १०० प्रतिशत कपासबाट बनेको कपडा र सामानहरू, यसको हल्का तौलको लागि नाइलन, लचिलोपनको लागि स्ट्रेच गर्न मिल्ने पोलिएस्टर र मजबूत अपीलको लागि उच्च गुणस्तरका लेदरबाट बनेका सामानहरू छन्। आधुनिक महिलाहरूको गतिशील जीवनशैलीलाई ध्यानमा राख्दै डिजाइन गरिएको यसले गतिशील जीवनशैलीको आनन्द उठाउँछ जसको मूल्य भारतीय रूपियाँ ९०० बाट शुरू हुन्छ। 

यस शुरूआत बारेमा टिप्पणी गर्दै, रोयल इनफील्डका प्रमुख वाणिज्य अधिकारी यादविन्दर सिंह गुलेरियाले भने, “हाम्रो महिला परिधान कलेक्सनको शुरूआतसँगै, हामीले नयाँ पुस्ताका महिलाहरूलाई मोटरसाइकल चलाउने र साहसिक कार्यप्रतिको आफ्नो जोशलाई आत्मविश्वासका साथ अँगाल्न प्रेरित गर्ने लक्ष्य राखेका छौं। एक सहयोगी र प्रेरणादायी समुदायको निर्माण गर्नु हो जहाँ महिलाहरू जोड़िन सक्छन्, आफ्नो स्वतन्त्रता व्यक्त गर्न सक्छन्, आफ्नो जोश बाँड्न सक्छन् र साथी महिला सवारहरूलाई सवारीमा सामेल हुन प्रोत्साहित गर्न सक्छन्। प्रस्तावमा रहेको सङ्कलन केवल राइडिङ गियरमात्र होइन- यो स्वतन्त्रता, आत्म-अभिव्यक्ति र समावेशिताको प्रतीक हो। हामी महिला राइडरहरू र उत्साही मानिहरूलाई यो संग्रह हेर्न आमन्त्रित गर्नलाई उत्साहित छौं जसले उनीहरूको कार्यात्मक आवश्यकताहरूलाई पूरामात्र नगरेर उनीहरूको अनौठो शैली र भावनालाई पनि झल्काउँछ। यसले लाइफस्टाइल परिधान र राइडिङ गियरको यो क्युरेट गरिएको मोटरसाइकलको संसारलाई थप समावेशी बनाउने हाम्रो सक्रिय प्रयासलाई संकेत गर्दछ।”