म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिगमा गोल गरेका छन्। मंगलबार राति युनाइटेडकै मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउने क्रममा रोनाल्डोले गोल गरेका हुन्।
रोनाल्डोको गोलसँगै युनाइटेडको लगातार छ खेलको गोल खडेरी पनि तोडिएको छ। त्यो गोलसँगै अग्रता बनाएको युनाइटेडले गएराति ब्राइटोनलाई २-० गोलअन्तरले हराएको हो।
युनाइटेडका लागि अर्को गोल ब्रुनोफर्नान्डेसले गरे। उनले खेलको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलमा रोनाल्डोका लागि म्याक टोमिनीले पास दिएका थिए भने फर्नान्डेसका लागि पोग्बाले पास उपलब्ध गराए।
यता खेलको ५४औं मिनेटमा ब्राइटोनका एक खेलाडीले रातो कार्ड पाएका थिए।यो जितसँगै युनाइटेड पुन चौथौ स्थानमा पुगेको छ। उसले २५ खेलबाट ४३ अंक जोडेको छ।