रोनाल्डोले अक्सनमा राखे म्यानचेस्टर सिटी र टोटनहमविरुद्धका खेलमा लगाएको जर्सी, १३ हजार पाउण्ड पुग्ने अनुमान

म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले टोटनहमविरुद्ध तीन शुन्यको जित निकाल्दा र म्यानचेस्टर सिटीविरुद्ध दुई शुन्यको हार ब्यहोर्दा लगाएको जर्सी अक्सनमा राखेका छन । 

उनले रोयल ब्रिटिस लिजियोनको सहयोगका लागि आफ्नो जर्सी अक्सनमा राख्ने भएका हुन । ३६ बर्षे रोनाल्डोले टोटनहमविरुद्ध गोल गरेका थिए । डेली मेलका अनुसार उनको सात नम्वरको जर्सीको अक्सन अहिले ३६ हजार पाउण्डसम्म पुगेको छ । यस्तै सिटीविरुद्ध लगाएको जर्सी अक्सनमा १३ हजार पाउण्ड सम्म पुग्ने अनुमान गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *