म्युनिख-हेडक्वार्टर रिभर्स लजिस्टिक समूह (आरएलजी)-को एक हिस्सा, व्यापक रिभर्स लजिस्टिक समाधानहरूको एक अग्रणी विश्वव्यापी सेवा प्रदायक आरएलजी सिस्टम्स इण्डिया प्राइभेट लिमिटेडले क्लीन टु ग्रीनटीएम अन ह्वीलस शुरु गर्ने घोषणा गरेको छ। कम्पनीको प्रमुख अभियान क्लीन टु ग्रीनटीएम (सी२जी)को नवीनतम संस्करणको हो। नवीनतम जागरूकता सङ्कलन कार्यक्रमले ११० शहरहरु र ३०० टाउनहरू समेट्नेछ र देशभरिका ४० लाखभन्दा बढ़ी नागरिकलाई यसमा समावेश गरिनेछ।
धेरै ग्राउण्ड टीमहरूसँग सङ्कलन सवारी साधनहरूले एक सेट बीट योजना अनुशरण गर्नेछन्। ग्राउण्ड टीमहरूले सोशल मीडिया प्रयोग गरी ११४५ भन्दा बढ़ी प्रवर्द्धनात्मक र सचेतना गतिविधिहरू सञ्चालन गर्दा अन्तिम प्रयोगकर्ताहरूबाट ई-वेस्ट सङ्कलन गर्न सहज हुनेछ। त्यहाँ आरएलजी सिस्टम्स इण्डिया प्राइभेट लिमिटेडसँग सम्बन्धित धेरै निर्माता/ब्राण्डहरू छन् र अभियानले उनीहरूसँग सक्रिय रूपमा ई-वेस्टको सुरक्षित डिस्पोसल प्रवर्द्धनमा काम गर्नेछ। यस अभियानअन्तर्गत सिलगड़ीका क्षेत्रहरू घोषपुकुर, कालेबुङ, मल्लागुड़ी, रम्फू क्षेत्र सामेल रहनेछ। आरएलजी सिस्टम्स इण्डिया प्राइभेट लिमिटेडका महाप्रबन्धक सुश्री राधिका कालियाले भनिन्, “क्लीन टु ग्रीनटीएम अन ह्वीलले सरोकारवालाको पहुँच विस्तार गरी दैनिक जीवनमा उपयुक्त ई-वेस्ट डिस्पोसल र रिसाइक्लिङ्ग प्रविधिलाई जोर दिएर र प्रवर्द्धन गरेर यो लक्ष्य हासिल सक्षम हुनेछ।”