खाना पकाउने ग्यास (एलपीजी) – को बढ्दो मूल्यले उपभोक्ताहरू मर्कामा परेका छन् । एउटा सिलिण्डर घरसम्म आइपुग्न १२ सयदेखि अधिक मूल्य तिर्नुपर्छ देश चलाउने सरकारले डिजिटल इण्डियाको सपना देखिरहेको भए पनि देशका नागरिकहरूले भोगिरहेका समस्याबारे भने सरकारलाई थाहा छैन। डिजल, पेट्रोलसितै बढ्दो सिलिण्डरको दामले हैरान भइसकेका उपभोक्ताहरू सिलिण्डरको दाम कहिले घट्ने हो भनेर प्रतिक्षा गरिरहेका छन् । यदि सरकारले आफ्नो देशका नागरिकहरूको दुःख नबुझे कसले बुझिदिने ? भन्ने प्रश्न उठ्न थालेको छ मूल्य घट्नुको साटो लगातार बढिरहेको सिलिण्डरको दाम साधारण मानिसहरूको निम्ति ठूलो समस्या बनिरहेको छ। यदि साधारण मानिसहरूलाई राहत दिनु हो भने सरकारले सिलिण्डरको मूल्य कम्ती गर्नुपर्ने भुक्तभोगी मानिसहरूले माग गर्न थालेका छन् । सिलिण्डर हरेक मानिसहरूको निम्ति आवश्यक वस्तु भएकाले मानिसहरूले प्रयोग गर्नैपर्छ । पहिले जस्तो मानिसहरूले अचेल दाउराको प्रयोग गर्दैनन् । सिलिण्डरको मूल्य बढ़ेर धेरै महङ्गो भएकाले एउटा सिलिण्डर भरेर ल्याउन पनि दशपल्ट सोच्नुपर्ने अवस्था सिर्जना भइरहेको छ। सिलिण्डरको १२०० अधिक मूल्य तिरेर सब्सिडी २०० रुपियाँ पनि नपसेको मानिसहरूको गुनासो छ। साधारण मानिसहरूले दैनिक जीवनमा भोगिरहेको समस्याहरूमध्ये सिलिण्डरको महङ्गो मूल्य ठूलो समस्या बनेको छ। यसबाट मानिसहरूले त्यति बेला मात्र छुटकारा पाउनेछन् जति बेला सिलिण्डरको मूल्य घटाइनेछ ।
यदि बढ्दो सिलिण्डरको मूल्यबारे सरकारले ध्यान नदिए साधारण मानिसहरू अझ आर्थिक मर्कामा परेर जाने सम्भावना देखिन्छ । यसले मानिसहरूले भोग्नु परेका समस्यालाई ध्यानमा राखेर सरकारले मूल्यलाई कम्ती गरिदियोस् भनेर साधारण मानिसहरूले गुहार लगाइरहेका छन् । हुने खानेलाई महङ्गो सिलिण्डर भनु आर्थिक समस्या नभए पनि निम्न वर्गका मानिसहरूलाई धेरै गाह्रो परिस्थिति बनेको गुनासो जताततैबाट उठिरहेको छ।
विशेष गरी घरमा प्रयोग गरिने सिलिण्डर कतिपय चिया दोकान अनि रेस्टुरेण्टहरूमा प्रयोग गरिने भएकाले पनि घरेलु सिलिण्डरको दाम बढ़ेको त होइन ? भन्ने सन्देह पनि कतिले गरिरहेका छन्। दोकान अनि रेस्टुरेण्टहरूमा कमरसियल सिलिण्डर प्रयोग गरिनुपर्ने हो । धेरै दोकान अनि रेस्टुरेण्टहरूमा कमरसियल सिलिण्डर प्रयोग गरिरहेको भए पनि कतिले घरेलु सिलिण्डर नै प्रयोग गरिरहेको देखिन्छ यसमाथि पनि प्रशासनले ध्यान दिनु आवश्यक छ|