रिचाहरूको जीतले सिलगढ़ीमा खुशीको लहर

भारतको महिला क्रिकेट टोली विश्व च्याम्पियन बनेको छ। घरेलु मैदानमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई 52 रनले पराजित गर्दै हरमनप्रीत कौरको टोलीले उपाधि कब्जा गरेको हो। यस जीतमा बङ्गालकी रिचा घोषले ठूलो भूमिका खेलेकी छिन्। आफ्नै शहरकी छोरीको सफलतामा सिलगढ़ी पनि उत्सवमा डुब्यो। खेल सकिए लगत्तै मध्य रातमै सिलगढ़ी वासिन्दा सड़कमा निस्किएर उल्लास मनाए। भारतको जीत र रिचाको प्रदर्शन दुवै कारणले सबै रोमाञ्चित थिए।
आइतवार राति सिलगढ़ीकी छोरीको हातबाट पहिलोपटक बङ्गालले क्रिकेट विश्व कप जीतको स्वाद पायो। खेल समाप्त हुन साथ शहरभरि उत्सव आरम्भ भयो। विभिन्न क्षेत्रका मानिसहरू हातमा भारतको झण्डा लिएर सड़कमा निस्किए। भारतको जयजयकार र रिचाको प्रशंसाले सड़कहरू गुञ्जायमान बन्यो अनि पटेकाहरू पनि पड़काइयो। रात बढ्दै जाँदा भीड़ अझ बाक्लिँदै गयो। राष्ट्रिय झण्डा फहराउँदै सड़कभरि जय भारतका नाराहरू गुञ्जिए। सबैले रिचालाई बधाइ दिए। यद्यपि तिनका परिवारजन अहिले मुम्बईमा छन् अनि तिनीहरू पनि छोरीसितै यस ऐतिहासिक क्षणको आनन्द लिइरहेका छन्।
दक्षिण अफ्रिकाविरुद्ध फाइनलमा रिचालेले 24 बलमा 34 रन बनाइन्। तिनले तीनवटा चौका र दुईवटा छक्का प्रहार गरिन्। साथै विकेट किपिङमा तिनले उत्कृष्ट क्याच समेत समाइन्। रिचाको यो पहिलो विश्वकप थियो। यस प्रतियोगितामा तिनले 8 इनिङमा मोठ 235 रन बनाइन्। लीग चरणमा दक्षिण अफ्रिकाविरुद्ध नै तिनको उत्कृष्ट इनिङ थियो। आठौँ नम्बरमा ब्याटिङ गर्दै तिनले 77 बलमा 94 रन बनाएकी थिइन् जसमा 11 चौका र चार छक्का समावेश थिए। त्यो इनिङ क्रिकेट प्रेमीहरूको सम्झनामा लामो समय रहिरहनेछ। यद्यपि त्यो खेल भारतले जित्न सकेन। तर फाइनलमा रिचाले त्यो अपूर्णता पूरा गरिन्। दक्षिण अफ्रिकालाई पराजित गर्दै अन्ततः हरमनप्रीत कौरको टोली विश्व च्याम्पियन बन्यो।

By Piyali Poddar