दक्षिण चीन सागरमा अभ्यास गरेर फर्किए भारत र सिंगापुर

दक्षिण चीन सागरमा समुद्री द्विपक्षीय अभ्यास गरेर भारत र सिंगापुर फर्किएका छन् । शनिवार सिंगापुर भारत समुद्री द्विपक्षीय – अभ्यास सिम्बेक्सको २८ औं संस्करणको सफलतापूर्वक समापन भएको हो । यस अभ्यासले दुवै पक्ष बीचको द्विपक्षीय रक्षा सम्बन्ध अझ बलियो बनाएको छ। आरएसएनले यस अभ्यासका क्रममा थुप्रै चुनौतीको सफलतापूर्वक सामना गरेका थिए दुवै देशका नौसेनाले प्रत्यक्ष हतियार सञ्चालन, उन्नत नौसेना युद्धाभ्यास, पनडुब्बी विरोधी, वायु र विरोधी सतह युद्धमा भाग लिएका थिए ।

सो तीन दिने वार्षिक अभ्यासको आयोजना आरएसएनले दक्षिण चीन सागरको दक्षिणी किनारमा गरेको थियो । शनिवार जारी एक प्रेस विज्ञप्ति अनुसार भारतीय रक्षा मन्त्रालयले अभ्यासको मापन र जटिलताको वर्णन गर्दै दुवै नौसेनाहरू बीच अन्तरक्रियात्मक क्षमता बढेको बताएको छ । सन् १९९४ मा शुरु गरिएको सिम्बेक्स कुनै पनि विदेशी नौसेनासँग भएको सबैभन्दा लामो निर्बाध द्विपक्षीय समुद्री अभ्यास हो| रक्षा मन्त्रालयका अनुसार, जारी महामारीको चुनौतीहरूको अतिरिक्त यस महत्त्वपूर्ण अभ्यासको निरन्तरताले दुवै देशहरू बीच स्थापित द्विपक्षीय रक्षा सम्बन्ध अझ सुदृढ भएको छ|

महामारीका कारण यस वर्षको सिम्बेक्स अभ्यास भौतिक दुरी कायम गरी समुद्र मा मात्र गरिएको थियो । भारतीय नौसेनाको नेतृत्व विध्वंसक निर्देशित क्षेप्यास्त्र आईएनएस रणविजयले जहाजले गरेको थियो हेलिकप्टर, एएसडब्ल्यू कार्बेट आईएनएस किल्तान र निर्देशित क्षेप्यास्त्र आईएनएस कोरा र पी आई लामो दुरी सामुद्रिक गस्ती विमान पनि साथमा थिए । सिंगापुर नौसेना का तर्फबाट एक लडाकु विमान, आरएसएस स्थिर विमान, एस ७० बी नौसेना हेलिकप्टर, एक विजय वर्ग क्षेप्यास्त्र कार्केट, आरएसएस भिगोर, एक आर्चर वर्ग पनडुब्बी र एक फोक्कर ५० सामुद्रिक गस्ती विमान सामेल थिए।वायु रक्षा अभ्यासको क्रममा सिंगापुर वायु सेनाका चार एफ १६ लडाकु विमानले पनि अभ्यासमा भाग लिएका थिए । भारत यस पटक आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाइरहेका बेला यो अभ्यास हुनु निकै महत्त्वपूर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *