इण्डियन वेल्स टेनिसको फाइनलमा श्वासप्रश्वासमा समस्या देखियो : नाडाल

इण्डियन वेल्स टेनिसको फाइनलमा पराजित भएका स्पेनिस स्टार राफेल नाडालले फाइनलमा श्वासप्रश्वासको समस्या भएको बताएका छन् । ३५ वर्षीय स्पेनिस खेलाडी नाडालले फाइनलमा टेलर फ्रिजविरुद्ध पराजय बेहोरेको थिए ।  फ्रिजले नाडाललाई ६–३, ७–६ (७–५) ले पराजित गरे हुन् । योसँगै उनी सन् २००१ पछि इन्डियन वेल्सको उपाधि जित्ने पहिलो अमेरिकी खेलाडी बनेका छन् ।

‘फाइनलमा मलाई स्वासप्रश्वास समस्या देखियो’, नाडालले भने ‘श्वास लिन निकै गाह्रो भएको थियो ।’ सन् २०२२ को अष्ट्रेलियन ओपन उपाधि जितेका नाडाल इन्डियन वेल्सको फाइनलमा पराजित हुनु अघि २० खेलमा अपराजित थिए । 

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *