अपहृत किशोरीको उद्धार

14 वर्षीय अपहृत किशोरीलाई न्यू जलपाइगढ़ी थाना पुलिसले उद्धार गरेको छ। गत शनिवार न्यू जलपाइगढ़ी थाना क्षेत्रबाट किशोरीको अपहरण भएको थियो। परिवारको तर्फबाट अपहरणको उजुरी न्यू जलपाइगढ़ी थानामा दर्ता गरिएको थियो। उक्त घटनाको जाँच गर्दै आइतवार राति गोप्य सूचनाको आधारमा तीनबत्ती मोड़ क्षेत्रबाट पुलिसले किशोरीलाई उद्धार गऱ्यो। यस घटनामा अपहरणको आरोपमा पुलिसले राकेश राय नामक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका अपहरणकर्ता राकेश रायको घर शान्तिपाड़ा क्षेत्रमा छ। तिनलाई आज जलपाइगढ़ी जिल्ला न्यायालयममा पठाइएको छ। उद्धार गरिएको किशोरीलाई स्वास्थ्य परीक्षणपछि होममा पठाइएको छ। यस अपहरण घटनाको पछाड़ि राकेशको के उद्देश्य थियो भन्ने विषयबारे पुलिसले जाँच आरम्भ गरेको छ।

By Piyali Poddar