सिलगड़ीमा रिलायन्सले फेसन फ्याक्ट्री शुरु गर्ने

भारतको सबैभन्दा ठूलो रिटेलर रिलायन्स रिटेलले आफ्नो नयाँ फेसन स्टोर फरमेट – फेसन फ्याक्ट्री, सिलगड़ीमा शुरु गर्ने घोषणा गर्‍यो। स्टेशन फिडर रोडमा तेह्रौं फेसन फ्याक्ट्री स्टोरको उद्घाटन गरिएको थियो। यो आदर्श डेस्टिनेशन शपर्स हब हो। सिलगड़ीका फेसन-प्रेमी, ब्राण्ड-सचेत र छुट-खोज गर्नेहरूका लागि डिजाइन गरिएको छ।

फेसन फ्याक्ट्री उच्च मूल्यमा उच्च फैशनेबल अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्राण्डहरूको विभेदित वर्गीकरणको साथ देशमा अद्वितीय रूपमा अवस्थित छ। सबै फेसन आवश्यकताहरू एउटै छानामुनि पूरा गर्दै यो फेशन ३६५ डे, २०% देखि ७०% सम्मको छुट र उत्कृष्ट ब्राण्डहरू सहित ‘ब्राण्ड्स फर् लेस’ प्रस्ताव गर्ने वान-स्टप शपिड़ डेस्टिनेशन हुनेछ।

लिभाइस, पेपे, स्पाइकर, पुमा, ली कूपर, बफेलो, विशुध, हुर, पार्क एभिन्यू, सृष्टि, भीआईपी, स्काइब्याग्स, जोन प्लेयर , इण्डियन ग्यारेज, लॉमैन, इंटेग्रिटी रेमण्ड लगायतका २००+ ब्राण्डहरूको छनोटको साथ, सिलगड़ीका पसलहरू अब विश्वव्यापी फेसन ट्रेण्डहरूको साथमा रहन तत्पर छन् र सम्पूर्ण परिवारको लागि २०,००० भन्दा बढ़ी स्टाइल विकल्पहरू – दैनिक पहिरनदेखि लिएर पार्टीहरू, चाड़-पर्वहरू र विवाहहरूसम्म प्रत्येक अवसरका लागि उपलब्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *