रजत पदक जिते रवि दहियाले

भारतीय पहलवान रवि चुके अनि टोक्यो ओलम्पिकको कुश्ती प्रतियोगिताअन्तर्गत पुरुषहरूका ५७ किग्रा भाग वर्गमा रुस ओलम्पिक समिति (आरओसी) का पहलवान जावुर युगुऐव विरुद्ध पराजित भएर रजत पदकमै चित्त बुझाउनु पन्यो युगुऐवले आज आफ्नो शक्तिशाली डिफेन्सको उत्कृष्ट नमूना पेश गरे अनि ७-४ ले फाइनलमा जीत हासिल गरे स्वर्ण पदक जिते स्वर्ण पदकको लड़ाईंमा युगुऐवले शुरुमै बढ़त हासिल गरे तर रविले पनि चाँडै २-२ को बराबरी हासिल गरे। रुसका खेलाडीले फेरि बढ़त हासिल गरे अनि पहिलो राउण्डपछि भारतीय पहलवान २ ४ ले पछि रहेका थिए । दोस्रो राउण्डमा पनि|

युगुऐवले एक अड्कको साथ बढ़तलाई मजबूत बनाए रविले दोस्रो राउण्डमा पनि २ अड्क हासिल गरे। अन्तमा युगुऐवले आफ्नो उत्कृष्ट प्रदर्शनको दममा जीत हासिल गरी स्वर्ण पदक जिते । यस हारको साथै रविले ओलम्पिकमा व्यक्तिगत स्वर्ण पदक जित्ने दोस्रो भारतीय बन्ने सुनौलो मौका गुमाए ।

यसबाहेक रविले रजत जित्नको साथै टोक्यो ओलम्पिकमा भारतको पदक सङ्ख्या ५ पुग्यो। यसमा दुईवटा रजत र तीनवटा काँस्य पदक सामेल छ। यसअघि शूटर अभिनव बिन्द्राले २००८ को बेजिङ्ग ओलम्पिकमा पुरुषहरुका १० मीटर एयर राइफलमा स्वर्ण पदक जितेका थिए। स्वर्ण पदक हातबाट फुत्काए पनि रवि ओलम्पिकको कुश्तीमा रजत पदक जित्ने दोस्रो भारतीय बने। यसअघि सुशील कुमारले २०१२ को लण्डन ओलम्पिकमा रजत पदक जितेका थिए । यसबाहेक टोक्यो ओलम्पिकमा भारतको यो दोस्रो रजत पदक हो। यसअघि मीराबाई चानूले भारोत्तोलन (४९ किग्रा वर्ग) मा रजत पदक जितेकी थिइन् ।

यसबाहेक कुश्तीमा भारतको निम्ति पहिलो पदक चाहिँ केडी जाधवले जितेका थिए । उनले १९९५२ को हेलसिन्की ओलम्पिकमा काँस्य पदक जितेका थिए । त्यसपछि सुशिलले बेजिड्ग ओलम्पिकमा काँस्य र लण्डनमा रजत पदक जितेका थिए। यसबाहेक योगेश्वर दत्तले लण्डन ओलम्पिकमा अनि साक्षी मलिकले २०१६ को रियो ओलम्पिकमा काँस्य पदक जितेका थिए । यसबीच भारतका अन्य एकजना पहलवान दीपक पूनिया चाहिँ ८६ किग्रा वर्गको काँस्य पदकको लडाइँमा पराजित भए । उनले सेन मेरिनोका नाजेम मायलेस एमिनेले ४-२ ले पराजित गरे|

Leave a Reply

Your email address will not be published. Required fields are marked *