जलपाइगढ़ीमा दुर्लभ प्रजातिको कछुवा

जलपाइगढ़ीमा दुर्लभ प्रजातिको कछुवा फेला परेको छ। मङ्गलवार बिहान जलपाइगढ़ीको असम मोड़नजिक एउटा पोखरीमा माछा मार्ने क्रममा जालमा दुर्लभ प्रजातिको कछुवा फँसेको हो। स्थानीय मानिसहरूले कछुवा देखेपछि पर्यावरण संरक्षण संस्था स्पोरलाई त्यसबारे खबर गरे। खबर पाएपछि स्पोर संस्थाका सदस्यहरू शीघ्र घटनास्थल पुगेर इन्डियन रूफ टर्टल प्रजातिको कछुवालाई उद्धार गरे। त्यसपछि कछुवालाई सुरक्षित रूपमा करला नदीमा छोड़िएको छ।

By Piyali Poddar