र्‍यापर केली र अभिनेत्री मेगनको अनौठौं विवाह प्रस्ताव, काँडा भएको औंठिदेखि…

अमेरिकन र्‍यापर मसिन गन केलीले प्रेमिका तथा अभिनेत्री मेगन फक्सलाई विवाहको प्रस्ताव गरेका छन् । अनौठो तरिकाले गरिएको प्रस्ताव यतिखेर चर्चामा छ । 

र्‍यापर केलीले आफ्नी फियोन्से मेगन फक्सलाई विवाहको प्रस्ताव गर्दै काँडा भएको औंठी लगाइदिएका छन् । फक्सले प्रस्ताव स्विकारिन् उनीहरुले दुबैले एकअर्काको रगत पिए । जुन कुरा उनीहरु आफैले हालै एक अन्तर्वार्तामा खुलाएका छन् । 

सामान्यत औंठीमा एउटा मात्रै स्टोन राखिन्छ । तर केलीले आफ्नो र फक्सको बर्थ स्टोन गरी दुईवटा स्टोनसहितको औंठी दिएका छन्, त्यो पनि काँडासहितको ।  काँडा राख्नुको कारण बारे केली भन्छन्, “ताकी उनले आफ्नो औंठी फुकाल्न खोजिन् भने उनलाई पीडा होस् ।” यसका साथै उनीहरुले अन्तमा एकअर्काको रगत पिएको पनि जानकारी दिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *