चकलेटको लोभमा एक निर्दोष बालिकालाई बलात्कार गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । उत्तर दिनाजपुर जिल्लाको कालियागञ्ज थानाको कुनोर क्षेत्रमा बुधबार राति भएको यो घटनापछि पूरै क्षेत्रमा हलचल मच्चिएको छ । गम्भीर अवस्थामा बालिकाको रायगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिले बालिकाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
जानकारीका अनुसार पीडितको छिमेकमा बस्ने कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले गए राति सात वर्षीया निर्दोषलाई चकलेटको प्रलोभन देखाएर घरमा बोलाएर बालिकालाई बलात्कार गरेको थियो । बालिकाको चिच्याएर नजिकका मानिसहरु घटनास्थलमा पुगेर बालिकालाई गम्भीर अवस्थामा कालियागञ्ज अस्पताल पुर्याएका थिए । त्यहाँबाट उनलाई रायगञ्ज मेडिकल कलेजमा रिफर गरिएको थियो।
सोही क्रममा घटनापछि अभियुक्त किशोर फरार छन् । यस घटनालाई लिएर क्षेत्रमा व्यापक तनाव छ । पीडित परिवारले आरोपीविरुद्ध कालियागञ्ज प्रहरी चौकीमा उजुरी दिएका छन् । प्रहरीले आरोपीको खोजी सुरु गरेको छ ।