अयोध्याको राम मन्दिरमा रजनीकान्त पुगे, ‘लामो प्रतिक्षाको अन्त्य भयो’

भर्खरै उत्तराखण्डबाट आफ्नो आध्यात्मिक यात्रा सुरु गरेका अभिनेता रजनीकान्तले राज्यपाल सीपी राधाकृष्णनलाई भेट्न झारखण्डको भ्रमण गरेका छन्, अहिले उनी पत्नी लतासँगै अयोध्याको रामजन्मभूमि, हनुमान गढीमा पूजा गरिरहेका छन्।

रामजन्मभूमिको भ्रमण गरेपछि रजनीकान्तले पीटीआईका अनुसार पत्रकारहरूसँग भने, “मेरो लामो समयदेखि यहाँ आउने इच्छा थियो। म भाग्यमानी छु कि त्यो इच्छा पूरा भएको छ। यदि भगवानले इच्छा गर्नुभयो भने म मन्दिर निर्माणपछि फेरि आउनेछु। पूरा भयो।”

अयोध्या पुग्नुअघि अभिनेताले आइतबार समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई लखनउस्थित उनको घरमा भेटेका थिए। आफूलाई साथी भन्दै रजनीकान्तले पत्रकारहरूलाई भने, “नौ वर्ष पहिले, मैले मुम्बईको एक समारोहमा अखिलेशलाई भेटेको थिएँ। त्यसपछि हाम्रो मित्रता जारी छ, र हामी फोनमा कुरा गर्छौं। म यहाँ आएको पाँच वर्ष भयो। पहिले एक सुटिङको लागि, (तर) अखिलेश त्यहाँ थिएनन्, र (मै) उहाँलाई भेट्न सकिन। उहाँ अहिले यहाँ हुनुहुन्छ र मैले उहाँलाई भेटें।

Leave a Reply

Your email address will not be published. Required fields are marked *