राज कुन्द्रा प्रहरी हिरासतमा थप १४ दिन बस्नुपर्ने

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं व्यापारी राज कुन्द्रालाई मुम्बईको अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।  कुन्द्रालाई गत साता सोमवार पक्राउ गरिएको थियो । त्यसपछि उनी प्रहरी हिरासतमै छन् । 

उनीसँगै पक्राउ परेका रायन थोर्पलाई पनि १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

मुम्बई प्रहरीले कुन्द्रालाई पोर्नोग्राफिक फिल्म बनाएको र हटशट्स यापमार्फत प्रसारण गरेको आरोपमा पक्राउ गरेको हो । 

मुम्बई प्रहरीका अनुसार, मुम्बई क्राइम ब्रान्चमा फेब्रुअरी महिनामा एउटा जाहेरी दर्ता भएको थियो । कुन्द्रालाई त्यसै विषयमा पक्राउ गरिएको हो । 

यस प्रकरणमा कुन्द्रा संलग्न रहेको पर्याप्त प्रमाण भेटिएको प्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *