रेनबो चिल्ड्रेन्स हस्पिटलद्वारा सिलगढीमा परामर्श सेवाहरू मार्फत स्वास्थ्य सेवा उत्कृष्टता विस्तार

रेनबो चिल्ड्रेन‌ हस्पिटलले पूर्वोत्तर भारतमा स्वास्थ्य सेवा‌ विस्तार‌ गर्ने दिशामा महत्त्वपूर्ण कदमको रूपमा सिलगढीमा परामर्श  केन्द्र (ओपीडी) आरम्भ गरेको घोषणा गर्न पाउँदा गर्वबोध गर्दछ। क्षेत्रको विशिष्ट चिकित्सा सेवाहरूको आवश्यकतालाई मान्यता दिँदै, रेन्बो चिल्ड्रेन्स हस्पिटलको लक्ष्य व्यापक स्वास्थ्य हेरचाहलाई स्थानीय निवासीहरू सम्मुख‌ ल्याउनका‌ निम्ति सिलगढीलाई एक‌ रणनीतिक केन्द्रको रूपमा लिएर शुरूआत गरिएको छ। बालाजी हेल्थ केयर पी.सी. मित्तल बस टर्मिनस, दुई माइल, सेभोक रोड, सिलगढी) सँगको सहकार्यमा नयाँ ओपीडी केन्द्रले रेन्बोको सुपर स्पेशलिस्ट डाक्टरहरूको प्रख्यात टोलीद्वारा सहजीकरण गरी भौतिक र भर्चुअल दुवै प्रकारका चिकित्सा सुविधा परामर्शहरूको श्रृंखला प्रदान गर्नेछ। बिरामीहरूले आफ्नो घरबाटै आरामले विभिन्न विशेषज्ञ चिकित्सा सल्लाह सुविधा प्राप्त गर्ने सुनिश्चित गर्दै विभिन्न माध्यमले भर्चुअल परामर्शका लागि अपोइन्टमेन्टहरू तय गर्न सक्छन्। व्यक्तिगत परीक्षण वा उपचार आवश्यक पर्ने मामिलाहरूको लागि, रेनबो चिल्ड्रेन हस्पिटलका चिकित्सकहरूले व्यक्तिगत स्वास्थ्य सेवा आवश्यकताहरूमा आधारित व्यक्तिगत सिफारिसहरू प्रदान गर्नेछन्।

“सिलगढीमा हाम्रो पहिलो ओपीडी केन्द्रको सुरुवात गर्नु भनेको विशेष बाल चिकित्सा हेमाटोलोजी र ओन्कोलोजी हेरचाह उत्तरपूर्वी भारतका परिवारहरूलाई आपस्तमा जोडने दिशामा एक महत्त्वपूर्ण कदम हो। हामी यो सुनिश्चित गर्नका‌ लागि प्रतिबद्ध छौं कि प्रत्येक शिशुलाई समयमा विशेषज्ञ चिकित्सा सुविधा प्राप्त होस् जसद्वारा क्षेत्रमा स्वास्थ्य हेरचाह  सेवा पहुँचको लागि नयाँ मापदण्ड स्थापित हुन‌ सकोस् ” बाल चिकित्सा हेमाटोलोजी र ओन्कोलोजी परामर्शदाता डा. मनोजित चक्रवर्ती भन्छन्।

“” सिलगढीमा हाम्रो नयाँ ओपीडी केन्द्र आरम्भ गर्नुले पूर्वोत्तर भारतको बाल ग्यास्ट्रोएन्टेरोलजी हेरचाहमा महत्त्वपूर्ण प्रगतिलाई प्रतिनिधित्व गर्दछ। यस विस्तारले हामीलाई विशेष उपचार र व्यक्तिगत हेरचाह योजनाहरू प्रदान गर्न सक्षम बनाउँछ जसद्वारा क्षेत्रका शिशुहरूलाई तात्कालिक स्वास्थ्य हेरचाह समाधानहरू प्राप्त होस्। हामी नवीन चिकित्सा अभ्यासहरू र मानवीय सहयोग मार्फत उनीहरूको जीवनको गुणस्तर सुधार गर्न समर्पित छौं “-बाल ग्यास्ट्रोएन्टेरोलजी परामर्शदाता डा. लावेन्या आर पद्मनाबन भन्छिन्। 

“बाल चिकित्सा अर्थोपेडिक शल्यक्रियामा एक सल्लाहकारको रूपमा, म स्वास्थ्य हेरचाहमा उत्कृष्टताको प्रतीक रेनबो चिल्ड्रेन हस्पिटलको हिस्सा हुन पाउँदा गर्व गर्छु। सिलगढीमा हाम्रो नयाँ ओपीडी केन्द्रले पूर्वोत्तर भारतका बालबालिकाहरूलाई उन्नत अर्थोपेडिक हेरचाह उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ। हाम्रो विशेषज्ञता र अत्याधुनिक सुविधाहरूको साथ, हामी युवा बिरामीहरूलाई सक्रिय र पूर्ण जीवन बिताउन सशक्त बनाउने लक्ष्य राख्छौं र उनीहरूलाई घर नजिकै सम्भव भएसम्म सबैभन्दा राम्रो उपचार सुनिश्चित गर्दछौं।” – बाल रोग विशेषज्ञ शल्यक्रिया परामर्शदाता डा. गिरीश कुमार ए एम भन्छन्।

“रेन्बो चिल्ड्रेन्स हस्पिटलको सिलगढीमा विस्तारले पूर्वोत्तर भारतको लागि बाल चिकित्सा र्थोपेडिक हेरचाहमा एक महत्वपूर्ण माइलखुट्टी स्थापित गर्दछ। उपचार र मानवीय हेरचाह हाम्रा युवा बिरामीहरू र तिनीहरूका परिवारहरू समक्ष ल्याउन हामी प्रतिबद्ध छौं। यस नयाँ ओपीडी केन्द्रको साथ, हामीले प्रत्येक बालबालिकाले उनीहरूको आवश्यकता अनुसारको उच्च गुणस्तरको अर्थोपेडिक हेरचाह प्राप्त गर्ने, स्वस्थ भविष्य र उज्यालो मुस्कानलाई सुनिश्चित गर्ने लक्ष्य राखेका छौं।”- व्यवसाय विकासका उपाध्यक्ष श्री अतुल भटनागरले‌ भने।‌ 

1999 मा स्थापित रेन्बो अहिले भारतको बाल‌ चिकित्सा, प्रसूति, स्त्री रोग र निःसन्तानहरूका लागि अस्पतालहरूको सबैभन्दा ठूलो समूह हो जसले एउटै छानामुनि एकीकृत प्रसवकालीन सेवाहरूको साथ व्यापक बाल चिकित्सा हेरचाह प्रदान गर्दछ। यो समूह भारतमा 6 शहरहरूमा 19 इकाइहरू र चार क्लिनिकहरूसातै 1935 भन्दा अधिक बेड सुविधाहरूसहित बिस्तारित छ।   रेन्बो चिल्ड्रेन हस्पिटलले लीभर प्रत्यारोपण, मृगौला प्रत्यारोपण र बोन‌म्यारो प्रत्यारोपण (बीएमटी) जस्ता चार उन्नत उपचारहरू सहित सबै बाल रोगहरूमा हेरचाह सेवाहरू प्रदान गर्दछ।  रेन्बोले 49 लिभर प्रत्यारोपण, 100 बोनम्यारो प्रत्यारोपण (बीएमटी) र 15 मृगौला प्रत्यारोपण (केटीपी) सफलतापूर्वक सम्पन्न गरिसकेको छ। अस्पतालको व्यापक मातृत्व र प्रसूति सेवाहरू यसको सन्जाल अन्तर्गत सबै स्थानहरूमा उपलब्ध छन्।  

 रेनबोले पुरुष र महिला दुवै बिरामीहरूको लागि विशेष प्रजनन हेरचाह (प्रिमियर फर्टिलिटी केयर) सुविधा पनि सञ्चालन गर्दछ।  यसबाहेक, यसको समर्पित पेडियाट्रिक कार्डियक केयर सेन्टर र 110 पलंग युक्त रेन्बो बाल हृदय चिकित्सा हेरचाह केन्द्रले हृदय सम्बन्धी समस्या भएका युवा बिरामीहरूको लागि विशेष उपचार सुनिश्चित गर्दछ।  रेन्बोसित तीनवटा आधारभूत सिद्धान्तहरूमा आधारित एउटा अद्वितीय व्यापार मोडेल छ; जुन 1) बहु-अनुशासनात्मक दृष्टिकोण, प्रविधिद्वारा समर्थित र बिरामी शिशुहरूको हेरचाह गर्नको लागि उन्नत सहायता प्रणाली हो। 2) पूर्णकालिक 24X7 परामर्शदाताको नेतृत्व भएको सेवासहित एक अद्वितीय चिकित्सा सहभागिता मोडल। 3) सबैभन्दा महत्त्वपूर्ण – एक बाल-मैत्री वातावरण संगै एक बाल केन्द्रित दृष्टिकोण।

रेनबो चिल्ड्रेन हस्पिटल, बंजारा हिल्स हैदराबाद र रेनबो चिल्ड्रेन हस्पिटल मराठाहल्ली बेंगलुरुलाई अघिबाटै प्रतिष्ठित जोइन्ट कमीशन इन्टरनेशनल (जेसीआई) द्वारा मान्यता प्राप्त भइसकेको छ।उल्लेखनीय छ कि रेनबो चिल्ड्रेन हस्पिटल्समध्ये 11 चिल्ड्रेन हस्पिटल एनएबीएचद्वारा मान्यता प्राप्त छन्।  सेवालाई थपरूपमा सबैको निम्ति सहज  बनाउनको लागि, रेन्बोले एउटा बुटिक ब्रान्ड, बटरफ्लाई एसेंशियल्स पेश गर्‍यो जुन बालबालिकाको खेल्ने समय र सीप विकासका लागि काठ र क्रोचेटजस्ता गैर-विषाक्त सामग्रीबाट सावधानीपूर्वक बनाइएका उत्पादनहरूको क्युरेटेड श्रृंखला प्रदान गर्न र जैविक र प्राकृतिक सामग्रीहरुबाट बनेका आरामदायक शैलीका शिशुहरूको‌ वस्त्र अनि महिला र शिशु हेरचाह उत्पादनहरु समर्पित छ।

 थप जानकारीको लागि कृपया www.rainbowhospitals.in मा हेर्नुहोस् वा 080-6989-4000 मा कल गर्नुहोस्।