रेल विभागको हेलचेक्र्याइ छैन : अश्विनी वैष्णव

बिहीवार मैनागढ़ीमा भएको भयावह रेल दुर्घटनाको पछिल्तिर आतङ्कवादी गुटको संलग्नता हुनसक्ने सम्भावनालाई केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले अस्वीकार गरेनन् । शुक्रवार रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनास्थलको परिदर्शन गरेका छन्। घटनास्थलको परिदर्शनपछि विभिन्न अस्पतालहरूमा उपचाराधीन घाइतेहरूसित भेटघाट गरेपछि तिनले पत्रकारहरूलाई सम्बोधन गरे । एउटा प्रश्नको उत्तरमा वैष्णवले भने, समग्र घटनाको जाँच चलिरहेको छ । त्यसकारण अहिले नै निश्चित रूपमा के कारणले यो मर्मान्तिक घटना भयो भनेर तोक्न सकिँदैन । यस घटनाको पछिल्तिर आतङ्कवादी तत्त्वको संलग्नताको सम्भावना रहेको छ कि छैन भनेर जान्न चाहँदा तिनले भने, कुनै पनि प्रकारको सम्भावनालाई हामीले खारेज गरेका छैनौं ।

सबै विषयहरूमाथि महत्त्व दिएर जाँच कार्य गरिरहेका छौं। आज बेलुकी रेलका मुख्य सुरक्षा कमिश्नर दुर्घटनास्थल आइपुग्नेछन् सम्पूर्ण विषयको जाँच गरेर तिनले रिपोर्ट दिएपछि हामी अन्तिम निर्णयमा पुग्न सक्नेछौँ। अहिले नै यस दुर्घटनाको कारणबारे बताउन असमर्थ छु। कुनै कारणलाई • निर्दिष्ट मानेर मन्तव्य गर्नु अहिले सही हुने छैन । जाँच गरेर सही तथ्य नदिइए जनसाधारणलाई गलत सन्देश पुग्नेछ । त्यसै प्रसङ्गमा रेलमन्त्री वैष्णवले रेलको गुप्तचर विभागलाई अझ शक्तिशाली बनाइने पनि बताएका छन् ।

बिहीवार उक्त दुर्घटनापछि उद्धार कार्य अनि घाइतेहरूको चिकित्सा व्यवस्थाका लागि तिनले प्रत्येक अस्पताल कर्तृपक्ष अनि उद्धारकर्तालाई धन्यवाद जनाएका छन् । तिनले भने, जुन प्रकारले घाइतेहरूको चिकित्सा चलिरहेको छ त्यो सन्तोषजनक छ । यस दुर्घटनाको निर्दिष्ट कारण अहिलेसम्म चिन्हित नभए पनि रेल ट्र्याक वा रेलको हेलचेक्र्याइ त्रुटि नरहेको रेलमन्त्रीले स्पष्ट बताए। तिनले भने, आज मैले दुर्घटनास्थलको परिदर्शन गरेर हेरेको छु। रेलका विभिन्न स्तरका अधिकारीहरूबाट जानकारी लिँदा यस ट्याकमा कुनै प्रकारको त्रुटि थिएन । लाइनमा पुराना कोचहरू पनि थिएनन्। रेल विभागको कुनै प्रकारको हेलचेक्र्याइ छैन ।

रेल दुर्घटनाको कारणबारे अहिलेसम्म सही जानकारी प्राप्त नभएको हुँदा कोही पनि रेलकर्मीलाई निलम्बित नगरिएको तिनले बताए। यस प्रसङ्गको एउटा प्रश्नको उत्तरमा तिनले भने, जाँच गरेर सही कारणबारे जानकारी भएपछि आवश्यक पदक्षेप लिइनेछ। यदि कुनै स्तरको रेल कर्मचारीहरूबाट हेलचेक्याइ भएको फेला परे तिनीहरू विरुद्ध तत्काल कारवाही गरिनेछ । आज उत्तर बड़गाल मेडिकल कलेज अस्पतालमा उपचाराधीन घाइते यात्रीहरूसित भेटघाट गरेपछि रेलमन्त्रीले चिकित्सकहरूसित पनि कुराकानी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *