रुसी सेनाले कब्जा गरेको युक्रेनस्थित परमाणु केन्द्रमा विकिरणको मात्रा बढ्यो

सन् १९८६ मा संसारकै सबैभन्दा नराम्रो आणविक दुर्घटना भएको उक्त स्थानलाई युक्रेनमा आक्रमण गर्न आएको रुसी फौजले नियन्त्रणमा लिएको युक्रेनले जनाएको थियो। बिहीवार त्यहाँ विकिरणको परिमाण २० गुणाले वृद्धि भएको सो स्थानमा रहेको अनुगमन केन्द्रले जनाएको छ। तर विज्ञहरूले अर्को ठूलो परमाणुविपद्को सम्भावना खासै नरहेको बताएका छन्। 

उक्त प्रयोगविहीन केन्द्र आसपासको ४,००० वर्ग किलोमिटर क्षेत्रको प्रदूषित भूमिमा शक्तिशाली सैनिक सवारीसाधनहरूको आवागमनका कारण उक्त वृद्धि भएको युक्रेनको परमाणु नियामक अनुगमनकर्ताले जनाएको छ। सबैभन्दा ठूलो वृद्धि क्षतिग्रस्त रीयाक्टरनजिकै अनुभव गरिएको थियो। त्यहाँ विकिरणको मात्रा नियमित अनुगमन गरिन्छ र घण्टैपिच्छेको विवरण दिइन्छ। रीयाक्टरनजिकै साधरणतया प्रत्येक घण्टा माइक्रोसीभर्ट्समा तीन एकाइको एक मात्रा उत्सर्जन हुन्छ। तर बिहीवार त्यो मात्रा बढेर ६५ माइक्रोसीभर्ट्स प्रतिघण्टा पुगेको थियो जुन एउटा ट्रान्सएट्लान्टिक उडानमा प्राप्त हुनेभन्दा पाँचगुणा बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *